सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

मुद्रास्फीति ४ वर्षयताकै न्यून, बैशाख महिनामा २.७७ प्रतिशतमा सीमित

मंगलबार, जेठ २७ २०८२
मुद्रास्फीति ४ वर्षयताकै न्यून, बैशाख महिनामा २.७७ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको औसत मुद्रास्फीति दर ४.३९ प्रतिशत रहेको छ। राष्ट्र बैंकले मूल्य स्थायित्वलाई प्राथमिकता दिँदै सार्वजनिक गरेको मौद्रिक नीतिले पनि मुद्रास्फीति नियन्त्रणमा सहयोग गरेको देखिएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको बैशाख महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो दर विगत चार वर्षयताकै सबैभन्दा न्यून हो। यस अवधिसम्ममा औषत मुद्रास्फीति ४.३९ प्रतिशत रहेको छ।

साउन महिनामा ४.०९ प्रतिशत रहेको मुद्रास्फीति क्रमशः घट्दै बैशाखमा झरेर २.७७ प्रतिशतमा सीमित भएको हो। भदौमा ३.८६, असोजमा ४.८२, कात्तिकमा ५.६०, मंसिरमा ६.०५, पुसमा ५.४१, माघमा ४.१६, फागुनमा ३.७५ र चैतमा ३.३९ प्रतिशत मुद्रास्फीति देखिएको थियो।

चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको औसत मुद्रास्फीति दर ४.३९ प्रतिशत रहेको छ। राष्ट्र बैंकले मूल्य स्थायित्वलाई प्राथमिकता दिँदै सार्वजनिक गरेको मौद्रिक नीतिले पनि मुद्रास्फीति नियन्त्रणमा सहयोग गरेको देखिएको छ।

समीक्षाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत मात्र देखिएको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ।

पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको मूल्य सूचक सबैभन्दा धेरै ११.०८ प्रतिशतले बढेको छ। फलफुलको मूल्यमा ६.१५ प्रतिशत, दाल तथा गेडागुडीमा ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थमा ४.७ प्रतिशत वृद्ध‍ि देखिएको छ।

यद्यपि, केही वस्तु तथा सेवामा मूल्य घटेका संकेत पनि देखिएका छन्। मरमसला उपसमूहको मूल्य सूचक २.२ प्रतिशतले घटेको छ भने माछा तथा मासुको सूचक ०.४८ प्रतिशतले कमी आएको छ।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend