सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स, बैशाखमा भित्रियो १ खर्ब ६५ अर्ब रूपैयाँ

मंगलबार, जेठ २७ २०८२
एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स, बैशाखमा भित्रियो १ खर्ब ६५ अर्ब रूपैयाँ

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको १० महिनामा कुल १३ अर्ब ५६ अर्ब ६१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को बैशाखमा महिनागत हिसाबले अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ।

बैशाख महिनामा १ खर्ब ६५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जुन एकै महिनामा अहिलेसम्म भित्रिएको सबैभन्दा धेरै रेमिट्यान्स हो।

यसअघि चालु आवकै फागुनमा १ खर्ब ५१ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। बैशाखमा १४ अर्ब बढी रेमिट्यान्स भित्रिएको हो।

यसैगरी, चालु आवकै चैतमा १ खर्ब ४० अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको १० महिनामा कुल १३ अर्ब ५६ अर्ब ६१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढी हो.

अघिल्लो आवमा सोही अवधिसम्म रेमिट्यान्सको वृद्धिदर १६.९ प्रतिशत थियो। गत आव २०८०/०८१ को बैशाखमा महिनामा १ अर्ब १५ अर्ब  ९९ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend