सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने

मंगलबार, जेठ २७ २०८२
शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने

यस अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ। गत वर्षको यसै अवधिमा यस्तो बचत १ खर्ब ९३ अर्ब रूपैयाँ रहेको थियो।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा नेपालको शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब रूपैयाँ बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै शोधनान्तर बचत गत वर्षको तुलनामा भन्दा करिब ४६ अर्बले बढेको देखाएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो बचत ३ खर्ब ९२ अर्ब रूपैयाँ रहेको थियो।

यस अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ। गत वर्षको यसै अवधिमा यस्तो बचत १ खर्ब ९३ अर्ब रूपैयाँ रहेको थियो।

समीक्षा अवधिमा १ खर्ब ६५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको, आयात १३.१ प्रतिशत र निर्यात करिब ७३ प्रतिशतले बढेको र मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित रहेकाले मुलुकको बाह्य क्षेत्र सहज अवस्थामा देखिएको हो।

यस अवधिमा कुल विदेशी मुद्रा सञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ। गत असार मसान्तको तुलनामा यस्तो सञ्चिति २०.५ प्रतिशतले बढेको छ। यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 


प्रकाशित : मंगलबार, जेठ २७ २०८२११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend