शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

रत्नेचौरको तोरीबारी घुम्न खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
images
images
रत्नेचौरको तोरीबारी घुम्न खुला
images
images

गलेश्वर- पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका-१, रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ।

images
images

म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ।

images
images

उत्तरपट्टी चाँदी झै टल्केका धवलागिरि हिमशृङ्खला, पश्मिबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँट, फाँटैभरी गहुँको हरियाली र पहेँलै फुलेको तोरीको मिश्रणले अकर्षक लाग्ने दृश्यका कारण फाँटकोबीच भागमा पीच गरिएको पक्की सडकमा तस्बीर खिच्न र टिकटक बनाउन व्यस्त युवायुवती तथा वयस्कहरुको भीडले रत्नेचौरको रौनक बढाएको हो।

images
images

तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटको पहेँलपुर तोरीबारीमा मखमलीको चोलो तथा पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, माडबारी, तिलहरी, औंठी, चुराजस्ता जनजातिको संस्कृति र वेषभूषा झल्किने पोशाकमा सजिएर तस्बीर लिने गरेका छन्। रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद गर्नाका लागि रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब ६० हजार रूपैयाँ आम्दानी गरेको छ।
 
सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमका लागि ३० हजार रूपैयाँमा १० सेट त्यस्ता गहना र पोशाक खरिद गरेको सहकारीका सचिव सुलोचना केसीले बताए। 'तोरीबारीले मगर समुदायको वेषभूषाको पनि प्रचारप्रसार भयो र सङ्कलित रकमलाई जातीय पोशाक प्रवर्द्धनमै खर्च गछौं' उनले भने।

रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयवासीलाई १ सय रूपैयाँ र बाहिरबाट आउनेलाई २ सय रूपैयाँ लिने गरेको छ।

रत्नेचौरलाई कृषिको हब बनाउन स्थानीय युवा अग्रसर भएका छन्। कृषि पर्यटनको प्रचुर सम्भावना रहेको त्यस स्थानको विकासका लागि अग्रसर भएका स्थानीय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीका अनुसार जगतगुरु हिमालयन बाबाको योजना अनुसार रत्नेचौरमा निर्माण हुन लागेको पार्कलाई रत्नपार्क नामाकरण गरेर त्यहाँ पृथ्वी आकारको भ्यू टावरको काम अगाडि बढाउने योजना रहेको छ। रासस


प्रकाशित : आइतबार, फागुन १ २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend