सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

मौद्रिक नीतिका लागि असार १० गतेभित्र सुझाव दिन राष्ट्र बैंकको आह्वान

सोमबार, जेठ २६ २०८२
मौद्रिक नीतिका लागि असार १० गतेभित्र सुझाव दिन राष्ट्र बैंकको आह्वान

आर्थिक वर्ष २०८२/८३ का लागि तयारी हुँदै गरेको मौद्रिक नीति तर्जुमामा सरोकारवालाबाट राय तथा सुझाव संकलन गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।

काठमाडौं-आर्थिक वर्ष २०८२/८३ का लागि तयारी हुँदै गरेको मौद्रिक नीति तर्जुमामा सरोकारवालाबाट राय तथा सुझाव संकलन गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ। सोही क्रममा आगामी आर्थिक वर्षको नीति निर्माण प्रक्रियामा समावेश हुन इच्छुक व्यक्ति, संस्था, विज्ञ तथा सरोकारवालाहरूलाई असार १० गतेभित्र राय सुझाव उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गरेको हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको सूचनामा भनिएको छ, 'मौद्रिक नीति तर्जुमाका सन्दर्भमा तपाईंहरूको राय तथा सुझावहरू ईमेलमार्फत [email protected] मा पठाउन अनुरोध छ।'

सार्वजनिक सूचना अनुसार, प्राप्त सुझावहरूको आधारमा मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा तयार पारिने र त्यसपछि आवश्यक छलफल र विश्लेषणपश्चात नीति सार्वजनिक गरिने छ।

मौद्रिक नीति मुलुकको समष्टिगत अर्थतन्त्रको समन्वय, मुद्रास्फीति नियन्त्रण, वित्तीय स्थिरता र उत्पादनमूलक क्षेत्रमा कर्जाको पहुँच सुनिश्चित गर्ने मुख्य माध्यमका रूपमा लिइन्छ। यसैले नीति तर्जुमामा सरोकारवालाहरूको सक्रिय सहभागिता अपेक्षित गरिँदै आएको छ।

 


प्रकाशित : सोमबार, जेठ २६ २०८२१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend