सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

२३ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ६८ करोडको कारोबार

सोमबार, जेठ २६ २०८२
२३ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ६८ करोडको कारोबार

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्।

काठमाडौं- लगानीकर्ताहरु विश्वस्त हुन नसक्दा लगातार ओरालो लागिरहरेको सेयर बजारमा यो साताको दोस्रो कारोबारमा भने हरियाली छाएको छ। यो साता पहिलो कारोबारमा आइतबार ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा झरेको बजार सोमबार भने २३.१९ अंकको वृद्धिका साथ २६५३.०९ बिन्दुमा उक्लिएको छ।

सोमबार १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रूपैयाँको कारोबार भएको छ। आज ५६ वटा कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको भने स्थिर रहेको छ।

गएको साता पहिलो कारोबारमा सोमबार स्थिर देखिएको बजार त्यसयता मंगलबार, बुधबार र बिहीबार ओरालोतिरै लागेको थियो। सोमबार १‍‍.६० अंकले बढेको बजार मंगलबार ३५.७४ अंकले ओरालो लागेको थियो भने बुधबार ११.९६ अंक र बिहीबार ६ अंकले घटेर बजार २६४०.९६ बिन्दुमा झरेको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : सोमबार, जेठ २६ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend