सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयरसहित लाभांश घोषणा गर्‍यो

सोमबार, जेठ २६ २०८२
एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयरसहित लाभांश घोषणा गर्‍यो

एसियन लाइफ इन्स्योरेन्स जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनी हो, जसले देशभर शाखा विस्तार गर्दै सेवा प्रवाह गरिरहेको छ।

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

एसियन लाइफ इन्स्योरेन्स जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनी हो, जसले देशभर शाखा विस्तार गर्दै सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित : सोमबार, जेठ २६ २०८२१४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend