शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

पशुपति धर्मशाला सञ्चालनमा कुनै अवरोध नगर्न अदालतकाे आदेश

images
आइतबार, फागुन १ २०७८
images
images
पशुपति धर्मशाला सञ्चालनमा कुनै अवरोध  नगर्न अदालतकाे आदेश
images
images

ललितपुर- नेपाल-भारतमैत्री पशुपति धर्मशाला लिज सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

images
images

उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजालसले कारण देखाउँ आदेशसँगै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। यसैगरी आदेशमा २०७६ वैशाखमा भएको सम्झौताअनुसार काम गर्न बाधा अवरोध नगर्नसमेत भनिएको छ।

images
images

अदालतले अन्तरिम आदेश माग भएबमफजिम छलफलका लागि दुवै पक्षलाई फागुन ९ गते बोलाएको छ। साथै विपक्षीलाई जवाफ दिन १५ दिनको समय दिएको छ। 

images
images

पशुपति क्षेत्र विकास कोष परिषदको बैठकले बतास समूह अन्तर्गतको आनन्त होटल प्रालिलाई नेपाल भारतमैत्री पशुपति धर्मशाला सञ्चालन गर्ने दिने सम्झौत रद्द गर्ने निर्णय गरेको थियो।

परिषद्ले कोषका कोषाअध्यक्ष नारायण प्रसाद सुवेदीको समितिले सम्झौता खारेज गर्न गरेको सुझाव अनुमोदन गर्दै खारेजी प्रक्रिया पूरा गर्न कोषमा सदस्य सचिव डा. मिलन कुमार थापाको संयोजकत्वमा समिति गठन भएको थियो। थापाको समितिले बताससँग स्पष्टीकरण सोध्ने प्रक्रिया सुरु गरेको थियो। सोही विषयलाई लिएर आनन्द होटल अदालत गएको थियो।


प्रकाशित : आइतबार, फागुन १ २०७८०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend