सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आजको विदेशी मुद्राको विनिमय दर : डलर १३७ नाघ्यो, युरो र पाउण्ड पनि महँगिए

सोमबार, जेठ २६ २०८२
आजको विदेशी मुद्राको विनिमय दर : डलर १३७ नाघ्यो, युरो र पाउण्ड पनि महँगिए

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा तोकिएको छ।

एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २४ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८९ पैसा र बिक्रीदर २० रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६३ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकतानुसार विनिमय दर जुनसुकै बेला संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक विनिमय दर हेर्न राष्ट्र बैंकको वेबसाइट सन्दर्भीय माध्यमका रूपमा प्रयोग गर्न उपयुक्त हुने बताइएको छ। रासस

 


प्रकाशित : सोमबार, जेठ २६ २०८२०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend