काठमाडौं- सातामा कारोबारको पहिलो दिन आइतबार १९० कम्पनीको सेयर मूल्य घटेको छ। जसमा सर्वाधिक सेयर मूल्य बिक्री हुने र घट्नेको सूचीमा अरुण भ्याली हाइड्रोपावर कम्पनी पनि रहेको छ।
हकप्रद दिने अन्तिम तयारीमा रहेको अरुण भ्यालीको सेयर मूल्य घटेपछि सस्तोमा सेयर किन्ने अवसर लगानीकर्ताका लागि आएको छ।
अरुण भ्याली एकै दिन प्रतिकित्ता ३२ रुपैयाँले घटेको छ। अन्तिम कारोबार ५४३ रुपैयाँमा भएको छ। ५ लाख १७ हजार कित्ता कारोबार भएको छ। २८ करोड ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण पछि कायम चुक्तापुँजी ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको छ। बोनस सेयर र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ।
कम्पनीको पछिल्लो ५२ हप्तामा ७८५ मा अधिकतम मूल्यमा कारोबार भएको थियो भने न्युनतम २३७ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो।