सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर बजारमा ११ अंकको गिरावट, ९ अर्ब १३ करोडको कारोबार

आइतबार, जेठ २५ २०८२
सेयर बजारमा ११ अंकको गिरावट, ९ अर्ब १३ करोडको कारोबार

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- उतारचढावबीच लगातारजसो ओरालो लागिरहेको सेयर बजार यो साताको पहिलो कारोबारमा पनि ओरालोतर्फै लागेको छ। आइतबार ११.०६ अंकले घटेर बजार २६२९.८९ बिन्दुमा ओर्लिएको छ।

८६ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब १३ करोड ७४ लाख रूपैयाँको भएको कारोबार छ। आज १ सय ६२ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

गएको साता पहिलो कारोबारमा सोमबार स्थिर देखिएको बजार त्यसयता मंगलबार, बुधबार र बिहीबार ओरालोतिरै लागेको थियो। सोमबार १‍‍.६० अंकले बढेको बजार मंगलबार ३५.७४ अंकले ओरालो लागेको थियो भने बुधबार ११.९६ अंक र बिहीबार ६ अंकले घटेर बजार २६४०.९६ बिन्दुमा झरेको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : आइतबार, जेठ २५ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend