शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मौद्रिक नीति समीक्षाको त्रास र बैंकहरूको ब्याजदर वृद्धिले धमाधम सेयर बिक्रीमा, एकै दिन १०१ अंकको पहिरो

images
आइतबार, फागुन १ २०७८
images
मौद्रिक नीति समीक्षाको त्रास र बैंकहरूको ब्याजदर वृद्धिले धमाधम सेयर बिक्रीमा, एकै दिन १०१ अंकको पहिरो
images
images

काठमाडौं- मौद्रिक नीतिको समीक्षाको पखाई र राजनीतिक उथलपुथलसँगै सेयर बजार ओरालोतर्फ लागेको छ। साताको पहिलो दिन आइतबार लगानीकर्ता त्रसित हुँदा सेयर बजारमा १०१.२४ अंकको गिरावट आएको छ।

images
images
images

आइतबार ०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा पुगेको छ। जहाँ १ सय ९० कम्पनीकै सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्यमा परिवर्तन आएको छैन। सबैभन्दा बढी उपर-तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ। आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको छ। 

images
images

वणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको हो। विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ। जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ। 

images
images

तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंक पुग्ने निश्चित भएपछि यसको असर सेयर बजारमा देखिएको हो। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत फागुनमा ब्याजदर बढाउने निर्णय गरेपछि सेयर बिक्री गरेर बचतमा राख्न आँटेका छन्। जसका कारण सेयर बजारमा गिरावट आएको छ। 

बैंकहरूले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज लिन पाउनेछन्। त्यस्तै बचत खातामा न्यूनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याज दर तोक्न पाउनेछन्। तर बैंकहरूले तोकिएको सीमाभित्र रहेर ब्याजको दर आफूअनुकुल कायम गर्न पाउने भएका छ्न्। बैंकहरूले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने सक्ने छन्।

विकास बैंकले पनि ब्याज बढाउने निर्णय गरेका छन्। निर्णयअनुसार क्षेत्रीयस्तरका विकास बैंकहरूले ११.६५ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरूले ११.५५ प्रतिशत पुर्‍याउने निर्णय गरेका छन्। फाइनान्सहरूले मुद्दतिमा अधिकतम ११.७१ र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्। 

सेयर बजारमा ३२०० र दैनिक कारोबार २२ अर्बसम्म पुग्दा बैंकहरूमा तरलता अभाव पनि थिएन। बैंकहरूले ७ प्रतिशतमै ऋण लगानी गर्ने गरेका थिए भने बचतमा ५ प्रतिशत मात्रै ब्याज दिने गरेका थिए। अब सेयर धितोबाट पाइने ऋणको ब्याजदर पनि १४ प्रतिशतभन्दा माथि पुग्न सक्दछ।


प्रकाशित : आइतबार, फागुन १ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend