शनिबार, असोज ५ गते २०८१    
images
images

१५ महिनापछि चल्यो रेल, आजदेखि दैनिक एकपटक सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
images
images
१५ महिनापछि चल्यो रेल, आजदेखि दैनिक एकपटक सञ्चालन

२०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर त्रिपाल ओढाएर राखिएको थियो।

images
images

धनुषा- लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। रेल सञ्चालनको समय पटक-पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो। नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन भएको हो।

images
images
images

आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ। फागुन दोस्रो सातासम्म खाली रेल कुदाएर परीक्षण हुने र त्यसपछि यात्रु राखिने जनाइएको छ।

जयनगर-विजलपुर-बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए।

उनले भने, 'आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था-जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ, तर तत्काल यात्रु बिनाको ड्राई रन मात्र हुन्छ।'

images

उनले केही दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्ने जनाए।

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए। बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए।

गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको थियो। रासस


प्रकाशित : आइतबार, फागुन १ २०७८०७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend