शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ २४ २०८२
images
images
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

images
images
images

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा रहेको छ।

images
images

अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानाडियन डलरको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

images
images
images

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा तोकिएको छ।

ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार यो विनिमय दर कुनै पनि समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले लागू गर्ने विनिमय दर फरक हुन सक्ने र सबैभन्दा अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत जानकारी लिन सकिने जनाइएको छ। रासस


प्रकाशित : शनिबार, जेठ २४ २०८२०७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend