आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समिति

images
आइतबार, जेठ २५ २०८२
images
images
हुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समिति

टेलिकम स्रोतका अनुसार खरिद मूल्यांकन समितिमा सामान्यतया ११ औँ तहबाट राख्नुपर्छ। तर बिलिङ प्रणालीको प्रस्ताव मूल्यांकनमा भने १० औँ तहका लाई राखिएको छ।

images
images

काठमाडौं- सिधै स्वार्थ जोडिने दुईवटा कम्पनीको मात्र प्रस्ताव परेको नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का मूल्यांकन समिति छनौटमै अर्को चलखेल भएको छ। 

images
images
images

कुनै पनि जटिल प्रणालीको खरिद हुँदा प्रस्ताव मूल्यांकन समितिको संरचनाको अभ्यासविपरीत टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडीले व्यक्ति छनौट गरेकी हुन्। टेलिकम स्रोतका अनुसार खरिद मूल्यांकन समितिमा सामान्यतया ११ औँ तहबाट राख्ने प्रचलन रहिआएकोमा पहाडीले बिलिङ प्रणालीको प्रस्ताव मूल्यांकनमा भने १० औँ तहका सुजित मल्ललाई राखेकी छिन्।

images
images

टेलिकमकै माथिल्लो तहका कर्मचारीले भने ११ औँ तहका लाई राख्नु राम्रो हुने तर त्यसमा दक्षता कमी भएमा विभागीय प्रमुखलाई दिन सुझाव दिएका थिए। त्यसलाई पनि पहाडीले अन्देखा गर्दै हुवावेलाई सहज हुनेगरी काम गरेकी हुन्। 

images
images
images

यसमा चिनियाँ कम्पनीहरू हुवावे र ह्वेल क्लाउडकोमात्र प्रस्ताव परेको छ। टेलिकमका अन्य बाँकी सबै प्रणालीमा उपकरण तथा प्रणाली रहेका यी दुवै कम्पनीहरूलाई बिलिङमा सहभागी गराउनु प्राविधिक रुपमा कम्पनीलाई एउटा कम्पनीको नियन्त्रणमा सुम्पिनुसरह हो। तर पनि विशेषगरी हुवावेका लागि यो सबै गरिएको अधिकारीहरूले बताएका छन्।

‘जसलाई अहिले मूल्यांकन समितिमा राखिएको छ उहाँहरूले जे चाहनुभएको छ त्यसका लागि अनुकूल मान्छे हो’ एक अधिकारीले भने। 

हुवावेले जसरी पनि टेलिकमको बिलिङ प्रणाली लिन खोजेको छ। यसैका लागि उसले चार वर्षदेखि प्रयास गरिरिहेको छ। चार वर्षअघि नै खरिद हुनुपर्ने प्रणालीलाई विभिन्न शक्ति केन्द्रको पावर तथा आन्तरिक चलखेल गर्दै हुवावेले यहाँसम्म ल्याएको छ।

सुरुमा खरिदको काम अघि बढ्दा हुवावेको स्वार्थ जोडिने भएकाले अयोग्य हुने सर्त राखिएको थियो। त्यतिबेला हुवावेले दूरसञ्चार प्राधिकरणको समेत शक्ति दुरुपयोग गर्न खोजेको थियो। 

त्यसपछि भएको टेन्डरमा भने हुवावेमात्र होइन चिनियाँ कम्पनीको कमसल सामग्री राख्ने दाउलाई निस्तेज पार्ने टेन्डरमा सर्त राखिएको थियो, त्यसलाई पनि पंगु बनाइयो। अहिले यस्तो सर्त राखियो कि स्वार्थको द्वन्द्वको पनि नजरन्दाज गरियो भने कमसल उपकरणलाई पनि मान्यता दिनेगरी अघि बढेको थियो। यही भएर चिनियाँ कम्पनीमात्र आएका छन्। 

यसमा हुवावेले टेन्डर पाउँदा पनि ह्लेल क्लाउड लाभान्वित हुने अवस्था रहेको छ। यस्तोमा हुवावेले नै पाउनेगरी सहज पारिदिन मूल्यांकन समिति बनाइएको छ। 


प्रकाशित : आइतबार, जेठ २५ २०८२१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend