शनिबार, असोज ५ गते २०८१    
images
images

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनका सांसदद्वारा महाअभियोग प्रस्ताव दर्ता 

images
आइतबार, फागुन १ २०७८
images
images
प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनका सांसदद्वारा महाअभियोग प्रस्ताव दर्ता 

चोलेन्द्र नेतृत्वको संवैधानिक इजलासको परमादेशमा गठन भएको सरकारमा सहभागी दलकै सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएका छन्। 

images
images

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। 

images
images
images

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ।

प्रतिनिधिसभा सचिवालयमा दर्ता गरिएको महाअभियोग प्रस्तावको प्रस्तावक नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९८ सांसद रहेका छन्।

संसदमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्ने व्यवस्था छ। 

images

चोलेन्द्र नेतृत्वको संवैधानिक इजलासको परमादेशमा गठन भएको सरकारमा सहभागी दलकै सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएका छन्।

पछिल्लो समय मुख्य सतारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अनुकूल फैसला गराउन चोलेन्द्रलाई दबाब दिँदै आएका थिए। 


प्रकाशित : आइतबार, फागुन १ २०७८०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend