काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको हो। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेर ९५ हजार ५ सय रुपैयाँ बढेको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।