सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

यो साताभर कमजोर देखियो सेयर बजार, आउने साता के होला?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २२ २०८२
यो साताभर कमजोर देखियो सेयर बजार, आउने साता के होला?

काठमाडौं- उतारचढावबीच गएको साता अन्तिम दुई कारोबारमा बढेको सेयर बजार यो साताभर कमजोर देखिएको छ। बजारले वृद्धितर्फ जान धरमर गरिरहेको छ।

यो साता पहिलो कारोबारमा सोमबार स्थिर देखिएको बजार त्यसयता मंगलबार. बुधबार र बिहीबार ओरालोतिरै लागेको छ। सोमबार १‍‍.६० अंकले बढेको बजार मंगलबार ३५.७४ अंकले ओरालो लागेको थियो। बुधबार ११.९६ अंकले घटेको बजार बिहीबार पनि ओरालो नै लाग्यो। 

बिहीबार ६ अंकले घटेर बजार २६४०.९६ बिन्दुमा झरेको छ। ७ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको बजारमा ९४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, १५३ कम्पनीको मूल्य घटेको छ। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। 


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend