शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

माथिल्लो तामाकोशीको घाटा बढेपछि सेयर मूल्य पनि ओरालोतर्फ, आगामी वर्ष के होला?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
images
माथिल्लो तामाकोशीको घाटा बढेपछि सेयर मूल्य पनि ओरालोतर्फ, आगामी वर्ष के होला?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड ३३ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानी रहेको छ। अन्य जलविद्युत कम्पनीहरु नाफामा गइरहेका बेला तामाकोशी भने घाटामा रहेको छ। 

images
images
images

कम्पनीको दोस्रो बजारमा पनि सेयर मूल्य घटिरहेको छ। गत साताको अन्तिम दिन बिहीबार ७०५ रुपैयाँमा कारोबार हुदाँ प्रतिसेयर मूल्य १४ रुपैयाँ घटेको थियो। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ९६२ रुपैयाँमा कारोबार हुदाँ न्यूनतम ४७१ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले भारतमा विद्युत पठाउने प्रक्रिया अगाडि बढाएकोले आगामी वर्षदेखि नाफा बढाउने अनुमान गरिएको छ। 

images
images
upper 1.png

गत अर्थिक वर्षको ६ महिनामा कम्पनीले ३ करोड १५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भइ भदौ २५ गतेदेखि आयोजनामा जडित ६ वटै युनिटबाट विद्युत उत्पादन भइरहेको छ ।

images
images

दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६४ करोड ६५ लाखभन्दा बढी विद्युत बिक्रीबाट आम्दानी गरेको छ। गत वर्ष १ करोड १२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २अर्ब २० करोड ३ लाखभन्दा बढी यो खर्च गरेको छ। जसले गर्दा कम्पनीको खुद नोक्सानी ९४६.९० प्रतिशतले बढेको छ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रूपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.८६ रूपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ७४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, फागुन १ २०७८०१:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend