शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
बिहीबार , जेठ २२ २०८२
images
images
पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलेको नेपालमा यो पहिलोपटक हो। नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पनि यसअघि भ्रष्टाचार मुद्दा दर्ता भएको थिएन।

images
images

काठमाडौं- पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

images
images
images

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ। नेपाल नेतृत्वको सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले अनुसन्धान गरेको हो।

images
images

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। 

images
images
images

मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलेको नेपालमा यो पहिलोपटक हो। नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पनि यसअघि भ्रष्टाचार मुद्दा दर्ता भएको थिएन। 

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन। हदबन्दी छुटमा पाएको जग्गा तत्कालीन सरकारले नै बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो।

२०६६ माघ १८ गते माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८ सय १५ रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो। कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो। जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गरेको थियो।

जसमा पूर्वप्रधानमन्त्री नेपालसहित पूर्वकानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन सचिव छविराज पन्त, सचिव लालमणि जोशी, तत्कालीन कानून उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापालगायतविरूद्ध मुद्दा दायर भएको हो। 

काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरु राम कृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णु प्रसाद होमागाई, राम काजी श्रेष्ठ, हरि शरण श्रेष्ठ, राम प्रसाद सत्याल, कृष्ण प्रसाद सापकोटा, खरिदारहरु बद्रिप्रसाद हुमागाईँ, पुष्प कुमार पौडेल र रोसकाजी जस्पाउविरुद्ध पनि मुद्दा दायर भएको छ।

यसैगरी गुठी संस्थान शाखा कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठप्रसाद रेग्मी, फाँटवाला माधव प्रसाद होमागाई र कार्यालय सहायक राजकुमार सिग्देलविरुद्ध पनि मुद्दा दायर भएको छ।

साथै पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल  र उक्त कम्पनीका मुख्य भइ कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंहविरुद्ध पनि मुद्दा दायर भएको छ।  


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend