शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

यो वर्ष विश्वभर नवीकरणीय ऊर्जा क्षेत्रमा ऐतिहासिक ३३ खर्ब डलर लगानी हुने

images
बिहीबार , जेठ २२ २०८२
images
images
यो वर्ष विश्वभर नवीकरणीय ऊर्जा क्षेत्रमा ऐतिहासिक ३३ खर्ब डलर लगानी हुने

नवीकरणीयसहित स्वच्छ ऊर्जा प्रविधि, न्युक्लियर र ऊर्जा संचयको क्षेत्रमा २२ खर्ब डलर लगानी हुने प्रक्षेपण गरिएको छ। यो लगानी जीवास्म इन्धनमा हुने लगानी अनुमानभन्दा दोबर धेरै हो।

images
images

काठमाडौं- विश्वभर नवीकरणीय ऊर्जामा लगानी व्यापक रुपमा बढ्दै गइरहेको छ। २०२५ मा नवीकरणीय ऊर्जा क्षेत्रमा विश्वभर ३३ खर्ब अमेरिकी डलर लगानी हुने अनुमान गरिएको छ। 

images
images
images

उक्त परिमाणमा नवीकरणीय ऊर्जा क्षेत्रमा यो वर्ष लगानी भयो भने यो इतिहासकै सबैभन्दा धेरै लगानी हुृनेछ। विश्वभर देखिएको आर्थिक अस्थिरता र भूराजनीतिक तनावकाबीच यो वर्ष ३३ खर्ब डलर लगानी हुने देखिएको इन्टरनेसनल इनर्जी एजेन्सी(आईईए)ले बताएको छ। 

images
images

नवीकरणीयसहित स्वच्छ ऊर्जा प्रविधि, न्युक्लियर र ऊर्जा संचयको क्षेत्रमा २२ खर्ब डलर लगानी हुने प्रक्षेपण गरिएको छ। यो लगानी जीवास्म इन्धनमा हुने लगानी अनुमानभन्दा दोबर धेरै हो। बाँकी रकम नवीकरणीय ऊर्जाका अन्य क्षेत्रमा हुने आईईएले सार्वजनिक गरेको वार्षिक विश्व ऊर्जा लगानी प्रतिवेदनमा उल्लेख छ। 

images
images
images

तीव्र विकास भइरहेको अर्थतन्त्र र व्यापार वृद्धि भइरहेको क्षेत्रमा केही लगानीकर्ताहरू नवीकरणीय ऊर्जा परियोजना कार्यान्वयनका लागि पर्ख र हेरको अवस्थामा भएपनि अन्य कयौँ नवीकरणीय ऊर्जा परियोजनाहरू व्यापक रुपमा अघि बढी रहेका छन्,’ आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले बताएको रोयटर्सले लेखेको छ। यो लगानीबाट सबैभन्दा बढी सोलार पावरको क्षेत्र विस्तार हुनेछ। 

२०२५ मा सोलार पावरमा ४ खर्ब ५० अर्ब डलर लगानी हुनेछ। त्यस्तै ब्याट्री स्टोरेजतर्फ लगानी बढेर ६६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। उच्च माग भएको समयको पावर व्यवस्थापनका लागि ब्याट्री अचुक उपायका रुपमा रहने देखिएको छ। 

यता तेल र ग्यासमा हुने लगानी भने २०२५ मा करिब ६ प्रतिशत घट्ने अनुमान गरिएको छ। कोभिड १९ को समयपछि पहिलो पटक तेलको मूल्य तल्लो बिन्दुमा आएको र माग र मूल्य घट्दा यस क्षेत्रको लगानीसमेत घट्ने अनुमान आईईएले गरेको छ। 

आईईएले ऊर्जा उत्पादनमा जसरी लगानी बढिरहेको छ त्यही अनुपातमा ग्रिडमा भने लगानी हुन नसकेकोतर्फ सचेत गराएको छ। ऊर्जा उत्पादनको तुलनामा हरेक वर्षजसो ग्रिड निर्माणमा ४ खर्ब डलर लगानी कम भइरहेको तथ्यांक आईईएले सार्वजनिक गरेको छ। यसले उत्पादित ऊर्जा व्यवस्थापनिको सुनिश्चिततामा समस्या आउन सक्ने देखिएको छ। 

२०३० सम्म ऊर्जा उत्पादनमा जति लगानी हुन्छ करिब त्यति नै लगानी ग्रिडमा पनि गर्तुपर्ने अवस्था आउने प्रक्षेपण छ। यसो हुन नकेमामात्र उत्पादित ऊर्जाको उपयोग र त्यसमा गरेको लगानी सुरक्षित हुन्छ। 

नवीकरणीय ऊर्जा क्षेत्रमा हुने लगानी विश्वभर नै व्यवस्थित भने हुन सकिरहेको छैन। कयौँ विकाससिल अर्थतन्त्रहरूले ऊर्जा पूर्वाधारमा स्थिर रुपमा लगानी गर्न संघर्ष गरिरहेकै छन्। यसमा चीनले भने आफूलाई सबैभन्दा बढी व्यवस्थित गरेर लगानी गरिरहेको छ। विश्वभर हुने कुल स्वच्छ ऊर्जा लगानीमा करिब एक तिहाइ हिस्सा चीनले नै ओगटेको आईईएले उल्लेख गरेको छ।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend