शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

६ महिनामा नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड नाफा, अघिल्लो वर्षभन्दा ५७ प्रतिशतले बढी

images
बिहीबार , जेठ २२ २०८२
images
images
६ महिनामा नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड नाफा, अघिल्लो वर्षभन्दा ५७ प्रतिशतले बढी

अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५७ प्रतिशतले बढेको हो।

images
images

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५३ करोड २६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५७ प्रतिशतले बढेको हो।

images
images
images

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो। प्रिमियम आम्दानीमा आएको उल्लेखनीय वृद्धिका कारण नाफा बढेको कम्पनीले जनाएको छ। कम्पनीको खुद प्रिमियम आम्दानी ३ अर्ब ३ करोड रुपैयाँबाट बढेर ४ अर्ब रुपैयाँ पुगेको छ।

images
images

हाल कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ९७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९६ पैसा रहेको छ। बुधबार शेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २४७ रुपैयाँ थियो।

images
images
images

१३ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीलाई नियामक निकाय बीमा प्राधिकरणले तोकेको न्यूनतम पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने चुनौती अझै बाँकी छ। हाल कम्पनीको सञ्चित आम्दानी ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend