शनिबार, वैशाख २२ गते २०८१    
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको सफल अवतरण

'कोमा' मा पुगेको आयोजना कसरी भयो कमब्याक?

images
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको सफल अवतरण

निर्माण कम्पनीले पनि नदीजन्य सामाग्री सहज रुपमा पाउन सकेको थिएन। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी- जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।

images
images

काठमाडौ‌- सन् २०१७ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निमार्ण सुरु भएको राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चार वर्ष ढिला सम्पन्न भएको छ। 

images
images
images

विमानस्थल निर्माण सम्पन्न भएसँगै फागुन ६ गतेबाट क्यालिब्रेसन उडान सुरु हुने भएको छ। क्यालिब्रसेन उडानपछि पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन भने केही समय लाग्ने छ। क्यालिब्रेसन उडानपछि सबै प्रक्रिया पूरा गरेर विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्न तीन महिनासम्मको समय लाग्छ।

images

सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७९ को सुरुवातसँगै परीक्षण उडान गर्ने र बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्ने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि अब विमानस्थल सञ्चालनमा कुनै ढिला नहुने बताउँछन्।

images

विमानस्थल निर्माणको काम ९९.७५ प्रतिशत सकिएको र क्यालिब्रेसन उडानमात्र बाँकी रहेको बताउँछन्।

images
images

Lamjung ghalegau.jpg

कहिलेबाट सुरु भएको थियो विमास्थल निर्माण?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएको एक दशक पार गरिसकेको छ।

विमानस्थल निर्माणको प्रक्रिया सन् २००७ बाटै सुरु भएको थियो। सुरुमा विमानस्थल ३ अर्ब ८० करोड रूपैयाँ लागतमा २४ सय मिटरको रन-वेसहित सानो टर्मिनल भवन बनाउने विषय आएको थियो।

लगानीकर्ता एसियाली विकास बैंक एडीबीले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल ठूलो बनाउन नपर्ने रिपोर्ट तयार पारेको थियो। तर प्राधिकरणले विमानस्थल बनाइसकेपछि वाइडबडीदेखि ठूला प्रकृतिका बोइङ जहाजसमेत उडान अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउन पर्ने विषय उठान गरेको थियो। प्राधिकरणले तीन हजार मिटर कै रन-वे सहितको सुविधासम्म विमानस्थल निर्माण गर्ने निष्कर्ष निकालेको थियो। अन्तत: लगानीकर्ता एडीबीले पनि प्राधिकरणको निर्णयलाई स्वीकार गर्‍यो।

Lamjung ghalegau.jpg

विमानस्थल निर्माणका लागि २०१२ बाट ठेक्का प्रक्रिया सुरु भयो। २०१४ को नोभेम्बरमा विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो।

सम्झौतसँगै निर्माण कम्पनीले काम थालनी गरेको पाँच महिना नबित्दै नेपालमा २०१५ को अप्रिलमा भूकम्प गयो। भूकम्पबाट तंग्रिन नपाउँदै भारतले फेरि नाकाबन्दी गर्‍यो। जसका कारण विमानस्थल निर्माणको काममा सुरुवाती समयमै समस्या देखिन थाल्यो।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले काममा केही सहजता गराउँदै गयो। तर चिनियाँ ठेकेदार कम्पनीको काम गरेको नेपाली ठेकेदार कम्पनीको कारणबाट पनि आयोजनाको काम प्रभावित भइरहेको थियो।

निर्माण कम्पनीले पनि नदीजन्य सामाग्री सहज रुपमा पाउन सकेको थिएन। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी- जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।

Lamjung ghalegau.jpg

सरकारले ६ अर्ब २२ करोड रूपैयाँमा ‘आइसिबी- जिरो एक’ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो। तर सन् २०१७ को डिसेम्बरसम्म आइपुग्दा चिनियाँ निर्माण कम्पनीले २७ प्रतिशतको हाराहारीमा मात्रै काम सम्पन्न गरेको थियो।

तोकिएको समयमा काम सम्पन्न हुने अवस्था रहेन। समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र आयोजना निर्देशनालयले समय एक वर्ष थप्ने तयारी गरिरहेको थियो। तर विमानस्थलको मुख्य लगानीकर्ता एसियाली विकास बैंकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको भन्दै आफूहरू बाहिरिने पत्र आयोजना निर्देशनालयमा पठायो।

आयोजना निर्देशनालयका प्रमखु थिए हालका महानिर्देशक प्रदीप अधिकारी। अधिकारीले उक्त विषय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमसम्म जानकारी गराए।

लगानीकर्ताले निर्माण कम्पनीको काम सन्तोषजनक नभएको र अब पनि हुने आशा नदेखिएका कारण ठेक्का रद्द गरी पुनः काम गर्नुपर्ने विषय उठाएको थियो।

Lamjung ghalegau.jpg

तर लगानीकर्ताले भनेजस्तो ठेक्का रद्द गर्न प्राधिकरण सहमत भएन। गौतम र अधिकारीले विभागीय मन्त्री तथा सचिवसँग  लगाानीकर्ताको पत्रको विषयमा जानकारी गराए। जानकारी गराउँदै गौतम र अधिकारीले ठेक्का सम्झौता नगर्ने बरु प्राधिकरणले आफ्नै स्रोतबाट भए पनि विमानस्थल निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरे।

गौतम र अधिकारीले ठेक्का सम्झौता रद्द गरेर विमानस्थलको निर्माणको काम थालनी गर्न थप दुई वर्ष लाग्ने र लागत पनि दोबर हुने निष्कर्ष निकाल्दै लगानीकर्ता एडीबी बाहिरिए पनि प्राधिकरणकै स्रोतबाट काम गर्ने निर्णय गराए। जुन निर्णयसँगै विमानस्थल निर्माण देखिएको नगद प्रभावको समस्या पनि हटेको र कामले तीब्रता लिएको अधिकारी बताउँछन्।

यसरी कोमामा पुगको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समय थप भएको एक वर्ष अर्थात २०१८ को डिसेम्बरसम्म आइपुग्दा ५१ प्रतिशत काम सम्पन्न भयो।

प्राधिकरणले स्थानीय तह तथा जिल्ला प्रशासनको सहयोगमा निर्माण कम्पनीलाई आवश्यक पर्ने नदीजन्य सामाग्री उपलब्ध गराउन पनि सहयोग गर्‍यो।

निर्माण कम्पनीले पनि नेपाली ठेकेदार कम्पनी परिर्वतन गर्दै काम गरेको थियो। जसको प्रतिफल एक वर्षमै देखियो।

काममा प्रगति भएपछि पुनः लगानीकर्ता एडीबी आयोजनको काममा फर्कियो। काम अगाडि बढ्दै गयो। सन् २०१९ मा पुनः आयोजनाले विमानस्थल सञ्चाललका लागि सञ्चार उपकरण जडान लगायतका आइसीबी जिरो २ को कामका लागि ठेक्का प्रक्रिया सुरु गर्‍यो। आइसीबी २ का लागि एरो थाई छनोट भयो। उसले पनि काम सुरु गर्‍यो।

तर सन् २०१९ को डिसेम्बरदेखि विश्वव्यापी रुपमा कोभिड महामहारी सुरु भयो। जसका कारण अन्तिम चरणका पुगेको विमानस्थल निर्माणको काममा केही ढिला भयो।

अन्तत: अहिले विमानस्थल निर्माणको काम सम्पन्न भएको छ। निर्माण सम्पन्न भएको विमानस्थलमा २०२२ को मेदेखि व्यवसायिक उडान सुरु हुने भएको छ। विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीसमेत खटाइसकेको छ। विमानस्थल प्रमुखका रुपमा गोविन्द्रप्रसाद दहाललाई खटाइएको छ।

Lamjung ghalegau.jpgविमानस्थलका सञ्चालनका लागि आवश्यक ग्राउन्ड ह्यान्डिलिङको काम गर्ने जिम्मा राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निमगलाई दिइएको छ।

निमगले पनि विमानस्थलबाट व्यवसायिक उडान सुरु हुँदा चाहिने आवश्यक पूर्वाधार तयारको काम गरिरहेको जानकारी आफूहरूलाई आएको महानिर्देशक अधिकारी बताउँछन्।

तर विमानस्थल सञ्चालनसँगै प्राधिकरणलाई केही समस्या र चुनौती भने देखिएको छ। सबैभन्दा पहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहज हुने हवाई रुट भारतले दिएको छैन। तर नयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई रुटमा कारण सञ्चालन नहुने अवस्था भने छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहज हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पश्चिमतर्फबाट हवाई प्रवेश बिन्‍दु भारतीय पक्षसँग माग गरेको थियो।

तर भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै हवाई प्रवेश बिन्दु दिन सहमत भएको छैन। हवाई प्रवेश बिन्‍दु दिँदा पनि २१ हजार फिटको उचाइबाट मात्रै दिने बताउँदै आएको छ। यसैगरी अर्को चुनौती भनेको उडान तथा अवतरण कार्यविधि हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनका लागि आइएफआर उडान कार्यविधि तयार पारेको थियो। प्राधिकरणले तयार पारेको उडान कार्यविधिका २ नटिकल माइलसम्मको एयर स्पेश भारतीय भूमि परेको थियो।

तर भारतीय पक्षले विरोध गरेपछि अहिले प्राधिकरणले आफ्नै भूमिभित्र पर्नेगरी उडान तथा अवतरण कार्यविधि तयार पार्दै स्वीकृत गरेको छ। तत्कालका लागि उडान तथा अवतरणमा कुनै समस्या नभए पनि दीर्घकालमा प्राधिकरणले भन्दा पनि सरकारले नै उच्चस्तरीय छलफलबाट यो विषय पनि समाधान गर्नु पर्ने छ।

Lamjung ghalegau.jpg

अर्को विषय प्राधिकरणले विमानस्थल सञ्चालनका लागि विमानस्थल सेवा शुल्क नियमावली २०६७ लाई संशोधन गर्नुपर्ने हुन्छ। विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न मिल्दैन।

यसका लागि सबै प्रक्रिया पूरा भइसेकको र केही समयभित्रै संशोधन मन्त्रिपरिषद्‍बाट स्वीकृत हुने महानिर्देशक प्रदीप अधिकारी बताउँछन्।

विमानस्थल निर्माण कति भयो खर्च?

विमानस्थल निर्माणका अहिलेसम्म ३० अर्ब रूपैयाँ खर्च भएको छ। जसमा विमानस्थलको भौतिक संरचना निर्माणको काममा लागि ७ अर्ब रूपैयाँ हाराहारी खर्च भएको छ भने जग्गा मुआब्जामा भने २३ अर्ब रूपैयाँ खर्च भएको छ।

अब विमानस्थलमा थप २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्राधिकरण महानिर्देशक अधिकारी बताउँछन्। अब सरकारले विमानस्थलको विस्तार गर्दा जग्गा मुआब्जाका लागि रकम गर्न नपर्ने अधिकारी बताउँछन्।

तर आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन र जहाज पार्किङ-वे तथा एप्रोन निर्माणका लागि भने २५ अर्ब रूपैयाँ सम्म खर्च हुने उनको भनाइ छ।

Lamjung ghalegau.jpg

तर यो काम विस्तारै हुँदै जान्छ। आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माणमा १४ अर्ब लाग्ने अनुमान भएकोसमेत अधिकारी बताउँछन्। योसँगै अहिले ५ वटा सना ठूलो जहाज पार्किङ गर्नसक्ने पार्किङ वे बनेको र यसलाई विस्तार गरे १० देखि १२ वटासम्म बनाउनु पर्ने उनको भनाइ छ।

विस्तारका काम सबै सम्पन्न भएपछि १० वर्षसम्मको नेपालको एयर ट्राफिक मुभमेन्ट गौतम बुद्ध विमानस्थलले थेग्ने अधिकारीको भनाइ छ।

images

प्रकाशित : आइतबार, फागुन १ २०७८०१:५२

प्रतिक्रिया दिनुहोस