मंगलबार, वैशाख ११ गते २०८१    
images
images

३.५ अर्ब डलर सहुलियत पाउन फोर्डदेखि सुजुकी हुँदै टाटा र ओलासम्म याेग्य

images
images
images
३.५ अर्ब डलर सहुलियत पाउन फोर्डदेखि सुजुकी हुँदै टाटा र ओलासम्म याेग्य

विद्युतीय सवारी उत्पादनलाई प्रवद्र्धन गर्ने गरि सरकारले ती २० कम्पनीलाई ५ वर्षभित्र उक्त रकम सहुलियत दिने भएको छ।

images
images

काठमाडौं- भारतले पनि विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। भारतले विद्युतीय सवारी उत्पादकहरुलाई ३ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सहुलियत दिने भएको छ। यसका लागि कम्पनी समेत छनोट भइसकेका छन्। 

images
images
images

भारतको संघीय मन्त्रिपरिषदबाट २० कम्पनीहरुले भारतमा शून्य प्रदूषण (विद्युतीय तथा होइड्रोजन फ्युलसेल) सवारी उत्पादन गरेबापत ३ अर्ब ५० करोड डलर सहुलियत पाउन योग्न भएका हुन्। विद्युतीय सवारी उत्पादनलाई प्रवद्र्धन गर्ने गरि सरकारले ती २० कम्पनीलाई ५ वर्षभित्र उक्त रकम सहुलियत दिने भएको छ। 

images

सरकारको उक्त सहुलियत कार्यक्रमसँगै भारतमा सवारी उत्पादन बन्द गरेर बाहिरिएको फोर्ड मोटर कम्पनीले समेत आफ्नो निर्णय उल्याउने निष्कर्षमा पुगेको जनाएको छ। फोर्डले अब भारतमा रहेको प्लान्टबाट विद्युतीय कार बनाएर निर्यात (आन्तरिक बजारमा समेत बिक्री गर्न सक्ने) गर्ने शुक्रबार बताएको थियो। 

images

सरकारको उक्त सहुलियत रकम पाउनेमा फोर्ड मोटर्स कम्पनी, सुजुकी मोटर कर्प, टाटा मोटर्स, हुन्डाई मोटर, महिन्द्रा एन्ड महिन्द्रा, किया मोटर्स, ओला इलेक्ट्रिकलगायत कम्पनी रहेका छन्। 

images
images

भारतको ठूला उद्योग मन्त्रालयले सहुलियतका लागि मागेको दरखास्तामा १ सय १५ वटा सवारी तथा सवारीजन्य सामाग्री उत्पादक कम्पनीले निवेदन दिएका थिए। यसमध्ये मन्त्रालयले सवारी उत्पादनको सूची सार्वजनिक गरेको भएपनि सहुलियत पाउने पार्टस उत्पादकको सूची भने केही समयपछि सार्वजनिक गर्ने बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

सहुलियत पाउन योग्य कम्पनीहरुले ८ देखि १८ प्रतिशतसम्म सहुलियत पाउने छन्। उक्त सहुलियत सवारी वा पार्टस्को बिक्री परिमाण र तोकिएको निश्चित मापदण्ड पुरा गर्नेलाई दिएको हो। ती मापदण्डहरुमा ५ वर्षयता सवारी उत्पादन गर्दै आएको वा वार्षिक बिक्री वृद्धि १० प्रतिशत रहेको हुनुपर्ने छ। 

images

प्रकाशित : शनिबार, माघ २९ २०७८१२:३०

प्रतिक्रिया दिनुहोस