सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

ओरालोतिरै सेयर बजार, कारोबार रकम पनि घट्यो

बुधबार, जेठ २१ २०८२
ओरालोतिरै सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं- उतारचढावबीच गएको साता अन्तिम दुई कारोबारमा बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा सोमबार स्थिर देखिएकोमा मंगलबार र बुधबार ओरालोतिरै लागेको छ। 

सोमबार १‍‍.६० अंकले बढेको बजार मंगलबार ३५.७४ अंकले ओरालो लागेर २६५८.९३ बिन्दुमा झरेको थियो। आज बुधबार पनि बजार ११.९६ अंकले घटेर २६४६.९६ बिन्दुमा झरेको छ।  

५ अर्ब १६ करोड ३३ लाख रुपैयाँको कारोबार भएको बजारमा ६६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको सेयर मूल्य घटेको छ।  

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। 


प्रकाशित : बुधबार, जेठ २१ २०८२१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend