बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २९ २०७८
images
images
हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो
images
images

सिमकोट- हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः शनिबारदेखि नियमित भएको छ। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ। हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो। 

images
images

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो। समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्। सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ। 

images
images

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो। त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो। रासस

images
images


प्रकाशित : शनिबार, माघ २९ २०७८१२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend