बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

घट्दो कोरोना : कुल परीक्षणको १२ प्रतिशत संक्रमित

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २९ २०७८
images
images
घट्दो कोरोना : कुल परीक्षणको १२ प्रतिशत संक्रमित
images
images

काठमाडौं- कोरोना भाइरसको संक्रमण घटदै गइरहेको छ। शनिबार ६ हजार ६ सय ५४ जनामा कोरोना परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण देखिएको छ । 

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १ सय २ जना रहेका छन्।

images

पछिल्लो समय १ हजार ८ सय २६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या ९ लाख ३४ हजार ६ सय ४८ पुगेको छ। निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

images
images

विगत २४ घण्टामा २ लाख ८८ हजार ८ सय ३७ जनाले खोप लगाएका छन्। यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज ७ लाख १३ हजार ९ सय ५ मात्रा लगाइएको छ।

images
images

गएको २४ घण्टामा चार जनाको संक्रमणको कारणले निधन भएको छ। अहिलेसम्म ११ हजार ८ सय ८२ जनाको संक्रमणका कारणले निधन भएको छ।

यस्तै ५ सयभन्दा बढी संक्रमण भएको जिल्ला १३ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन्।

यस्तै २ सयभन्दा बढी सङ्क्रमित भएका १२ जिल्ला रहेका छन्। ती जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा,  दाङ र  र कन्चनपुर रहेका छन्। शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ। 

नेपालमा संक्रमण दर १८.२ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा २५ हजार १ सय ४१ ,संस्थागत आइसोलेसनमा १ सय ६१, आइसियुमा २ सय जना र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ। 

images

प्रकाशित : शनिबार, माघ २९ २०७८१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend