शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

यस्तो छ आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

images
बुधबार, जेठ २१ २०८२
images
images
यस्तो छ आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। तोकिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा रहेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। तोकिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा रहेको छ।

images
images
images

युरोपियन युरोको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा तोकिएको छ। स्वीस फ्रयांक एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०६ पैसा रहेको छ।

images
images

अष्ट्रेलियन डलर ८८ रुपैयाँ २१ पैसा (खरिद) र ८८ रुपैयाँ ६० पैसा (बिक्री), क्यानेडियन डलर ९९ रुपैयाँ ४५ पैसा (खरिद) र ९९ रुपैयाँ ८९ पैसा (बिक्री), सिङ्गापुर डलर १०६ रुपैयाँ ०४ पैसा (खरिद) र १०६ रुपैयाँ ५१ पैसा (बिक्री) कायम गरिएको छ।

images
images
images

एशियाली मुद्रातर्फ, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा छ। साउदी रियाल ३६ रुपैयाँ ४३ पैसा (खरिद) र ३६ रुपैयाँ ५९ पैसा (बिक्री), कतारी रियाल ३७ रुपैयाँ ४९ पैसा (खरिद) र ३७ रुपैयाँ ६५ पैसा (बिक्री) तोकिएको छ।

त्यस्तै, थाइ भाट ४ रुपैयाँ १९ पैसा (खरिद) र ४ रुपैयाँ २१ पैसा (बिक्री), युएई दिराम ३७ रुपैयाँ २० पैसा (खरिद) र ३७ रुपैयाँ ३७ पैसा (बिक्री), मलेसियन रिङ्गेट ३२ रुपैयाँ १९ पैसा (खरिद) र ३२ रुपैयाँ ३३ पैसा (बिक्री), कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर २० रुपैयाँ ८६ पैसा (खरिद) र २० रुपैयाँ ९५ पैसा (बिक्री) कायम गरिएको छ।

खाडी मुलुकका शक्तिशाली मुद्राहरूमा हङकङ डलरको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनारको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ७० पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०८ पैसा तथा ओमनी रियालको खरिददर ३५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५२ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले तोकेको विनिमय दर वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने दरभन्दा भिन्न हुन सक्ने तथा यो दर आवश्यकतानुसार परिवर्तन गर्न सकिने जनाएको छ। अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा हेर्न सकिने छ। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२०७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend