सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

३५ अंकले ओरालो लाग्यो सेयर बजार, ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार

मंगलबार, जेठ २० २०८२
३५ अंकले ओरालो लाग्यो सेयर बजार, ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार

काठमाडौं- उतारचढावबीच गएको साता अन्तिम दुई कारोबारमा बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा सोमबार स्थिर देखिएकोमा आज मंगलबार ओरालोतिरै लागेको छ। 

सोमबार १‍‍.६० अंकले बढेर बजार २६९४.६६ बिन्दुमा पुगेको बजार मंगलबार ३५.७४ अंकले ओरालो लागेर २६५८.९३ बिन्दुमा झरेको छ। ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको बजारमा ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २१४ कम्पनीको सेयर मूल्य घटेको छ।

गएको साता आइतबार ८.५७ अंकले घटेको बजारमा सोमबार ५.२१ अंकको गिरावट आएको थियो। मंगलबार ०.८६ अंकले बढेर २६७५.६३ बिन्दुमा पुगेको थियो भने बुधबार १७.४४ अंकको वृद्धिका साथ बजार २६९३.०६ बिन्दुमा उक्लिएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। 


प्रकाशित : मंगलबार, जेठ २० २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend