बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतमा आज सार्वजनिक हुँदैछ टाटाको अल ह्वील ड्राइभ ह्यारियर ईभी

मंगलबार, जेठ २० २०८२
भारतमा आज सार्वजनिक हुँदैछ टाटाको अल ह्वील ड्राइभ ह्यारियर ईभी

भारतीय बजारमा सार्वजनिक भएको केही महिनामा ह्यारियर ईभी नेपाली बजारमा समेत आउने छ। हाल नेपाली बजारमा टाटाका टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी उपलब्ध रहेका छन्।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले आफ्नो पहिलो फुल साइज ईभी एसयूभी ह्यारियर ईभी आज मंगलबार सार्वजनिक गर्दैछ। दिउँसो २ बजे भारतीय बजारमा बिक्रीका लागि टाटाले ह्यारियर ईभी सार्वजनिक गर्न लागेको हो। 

गएको जनवरीमा भारत मोबिलिटी एक्स्पोमा ह्यारियर ईभीको प्रोडक्सन स्पेक शोकेस गरिएको थियो। भारतीय अटो जाइन्टले टाटा मोटर्सले आजबाट बजारमा ल्याउने नयाँ ईभी हरेक कोणबाट अब्बल रहेको दाबी कम्पनीले गरेको छ। 

अहिलेसम्म ह्यारीयर ईभीमा भएका धेरैजसो विशेषताहरू बाहिर आइसकेको छैन। गाडीको मूल्यलगायत यसका मुख्य विशेषताहरू गाडी सार्वजनिक भएसँगै आउने छन्। सोमबार टाटा मोटर्सले ह्यारियर ईभी कठीन पहाडमा सजिलै चढ्न सकेको भिडियो सार्वजनिक गरेको थियो। जसअनुसार गियर सेलेक्टरमा चट्टानमा चढ्न सक्ने मोडसहित आउने अनुमान गरिएको छ। 

ह्यारियर ईभीमा 'रक क्रवल' मोडका साथै 'अफरोड' र 'स्नो मोड'सहित 'ईको' र 'बुस्ट मोड' पनि उपलब्ध हुनेछ।

टाटा मोटर्सले ह्यारियर ईभीमा रहेको मोटर पावर, ब्याट्री क्षमतालगायतका विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन। ह्यारियर ईभीको मूल्य २५ देखि ३० लाख भारतीय रुपैयाँ तोकिने अनुमान गरिएको छ। 

यद्यपी ह्यारियर ईभीमा कर्भ ईभीमा भन्दा निकै ठूलो आकारको ब्याट्री प्याक हुने अनुमान छ। टाटाले कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। कर्भ ईभी नेपाली बजारमा समेत उपलब्ध भइसकेको छ। 

ह्यारियर ईभीमा ७५ किलोवाट आवरको ब्याट्री प्याक हुने अनुमान छ। ह्यारियर ईभी पनि दुई ब्याट्री अप्सनमा आउने अनुमान गरिएको र यसले एक पटकको फुल चार्जमा ६ सय किलोमिटरसम्म रेन्ज दिनेछ। 

ह्यारियर ईभीमा 'भीटूभी' र 'भीटूएल' पनि उपलब्ध हुनेछ। ह्यारियर ईभीको अधिकतम टर्क ५ सय एनएम हुने अनुमान छ।

भारतीय बजारमा सार्वजनिक भएको केही महिनामा ह्यारियर ईभी नेपाली बजारमा समेत आउने छ।

हाल नेपाली बजारमा टाटाका टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी उपलब्ध छन्। सिप्रदी ट्रेडिङ प्रालिले आगामी नाडा अटो शोमा ह्यारियर ईभी शोकेसका लागि ल्याउने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, जेठ २० २०८२०७:५५
  • सम्बन्धित विषय:

  • # tata motor
  • # tata
  • # #harrierev
  • # biznessnews


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend