बुधबार, जेठ २१ गते २०८२    
बुधबार, जेठ २१ २०८२
images
images

काठमाडौंमा सुरु हुँदै ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’, वैदेशिक लगानी प्रवाह बढाउने लक्ष्य

images
सोमबार, जेठ १९ २०८२
images
images
काठमाडौंमा सुरु हुँदै ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’, वैदेशिक लगानी प्रवाह बढाउने लक्ष्य

फोरमको पहिलो दिन उच्चस्तरीय प्रविधिक सत्रहरू सञ्चालन हुनेछन्। ती सत्रमा वैदेशिक लगानी वृद्धि, जलवायु संक्रमण योजना निर्माण, निजी इक्विटी तथा भेञ्चर क्यापिटल क्षेत्रको विकासलगायत विषयमा छलफल हुनेछ।

images
images

काठमाडौं- नेपालमा वैदेशिक लगानी प्रवाहलाई गति दिन उद्देश्यसाथ 'नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५' मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ। कार्यक्रम आगामी जेठ २२ (जुन ५) सम्म सञ्चालन हुनेछ।

images
images
images

फोरम ‘इन्भेष्ट फर इम्प्याक्ट नेपाल’ (आईआईएन) को आयोजनामा, नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को सहकार्यमा आयोजना गरिँदैछ। यो फोरमको तेस्रो संस्करण हो, जसलाई यसपटक ‘रिब्रान्ड’ गर्दै प्रस्तुत गरिएको छ।

images
images

पछिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि १४ वटा डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन्स (डीएफआई) र इम्प्याक्ट इन्भेष्टरका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ। पहिलो संस्करणमा ८ डीएफआई सहभागी थिए भने दोस्रो संस्करणमा यो संख्या १४ पुगेको थियो।

images
images
images

विश्वभरका विकास वित्तीय संस्थाहरू (डीएफआई) र इम्प्याक्ट लगानीकर्ताहरूलाई नेपालमा भित्र्याएर प्रत्यक्ष अवलोकनको अवसर प्रदान गर्नु यस फोरमको विशेषता हो।

फोरमको पहिलो दिन उच्चस्तरीय प्रविधिक सत्रहरू सञ्चालन हुनेछन्। ती सत्रमा वैदेशिक लगानी वृद्धि, जलवायु संक्रमण योजना निर्माण, निजी इक्विटी तथा भेञ्चर क्यापिटल क्षेत्रको विकासलगायत विषयमा छलफल हुनेछ।

दोस्रो दिन सरकारी निकाय र विकास साझेदारहरूसँग दीर्घकालीन सहकार्य र लगानी प्रवर्द्धनका विषयमा रणनीतिक संवाद हुने कार्यक्रम रहेको छ। यस दिन नीति निर्माण तहका अधिकारीहरू र लगानीकर्ताबीच प्रत्यक्ष अन्तरक्रिया अपेक्षित छ।

तेस्रो दिन सहभागी प्रतिनिधिहरू विभिन्न परियोजना स्थलको अवलोकनमा जानेछन्। उनीहरूले सम्भावित लगानी क्षेत्रको प्रत्यक्ष अध्ययन तथा मूल्यांकन गर्ने अवसर पाउनेछन्।

यसपटकको संस्करणमा वैकल्पिक लगानी क्षेत्रलाई समेत समावेश गरिएको आयोजकले जनाएको छ। यो पहलले नेपालका राष्ट्रिय प्राथमिकतालाई लगानीकर्ताको चासोसँग जोड्ने र नेपाललाई विश्व लगानी प्रणालीमा अझ मजबूतीका साथ एकीकृत गर्ने लक्ष्य राखिएको छ।

संस्थागत लगानीलाई आकर्षित गर्ने यस्तो प्रयासले नेपालको वित्तीय पारिस्थितिक तन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend