सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर बजारमा सामान्य सुधार, ११५ कम्पनीको सेयर मूल्य बढ्दा ९ अर्ब २२ करोडको कारोबार

सोमबार, जेठ १९ २०८२
सेयर बजारमा सामान्य सुधार, ११५ कम्पनीको सेयर मूल्य बढ्दा ९ अर्ब २२ करोडको कारोबार

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- उतारचढावबीच गएको साता अन्तिम दुई कारोबारमा लगातार बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा पनि सामान्य बढेको छ। सोमबार १‍‍.६० अंकले बढेर बजार २६९४.६६ बिन्दुमा पुगेको छ।

११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ। आज १३३ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

गएको साता आइतबार ८.५७ अंकले घटेको बजारमा सोमबार ५.२१ अंकको गिरावट आएको थियो। मंगलबार ०.८६ अंकले बढेर २६७५.६३ बिन्दुमा पुगेको थियो भने बुधबार १७.४४ अंकको वृद्धिका साथ बजार २६९३.०६ बिन्दुमा उक्लिएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend