सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा २ अर्ब ९ करोड बजेट विनियोजन

सोमबार, जेठ १९ २०८२
प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा २ अर्ब ९ करोड बजेट विनियोजन

वित्तीय समानीकरण, ससर्त, विशेष र समपुरक अनुदानका रुपमा खर्च गर्न सक्नेगरी उक्त बजेट विनियोजन भएको हो।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ का लागि सरकारले २ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो।

ओलीको निवार्चन क्षेत्र झापा ५ मा दुई नगरपालिका र दुई गाउँपालिका रहेका छन्। यस निवार्चन क्षेत्रमध्ये दमक नगरपालिकाका लागि सबैभन्दा धेरै ७२ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, गौरादह नगरपालिकाका लागि ५३ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

यसैगरी, कमल गाउँपालिका ४८ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने गौरीगञ्ज गाउँपालिका ३३ करोड ८६ लाख रुपैयाँ बजेट दिइएको छ।

वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानका रुपमा खर्च गर्न सक्ने गरी उक्त बजेट विनियोजन भएको हो।

झापा जिल्लाका लागि सरकारले ७ अर्ब ८६ करोड बजेट विनियोजन गरेको छ। ५ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा मात्रै कुल जिल्लागत २६.५९ प्रतिशत बजेट विनियोजन भएको छ।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend