शुक्रबार, असोज ४ गते २०८१    
images
images

असोज १५ भित्र नवीकरण नगर्ने इन्टरनेट सेवाप्रदायकको तार हटाइदिने विद्युत प्राधिकरणको चेतावनी 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
images
असोज १५ भित्र नवीकरण नगर्ने इन्टरनेट सेवाप्रदायकको तार हटाइदिने विद्युत प्राधिकरणको चेतावनी 

प्राधिकरणले असोज १५ गतेको समयसीमा दिएर इन्टरनेट सेवाप्रदायकलाई सो चेतावनी दिएको हो। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने इन्टरनेट सेवाप्रदायकको तार तथा उपकरण हटाइदिने चेतावनी दिएको छ। 

images
images
images

प्राधिकरणले असोज १५ गतेको समयसीमा दिएर इन्टरनेट सेवाप्रदायकलाई सो चेतावनी दिएको हो। 

विद्युतीय संरचनाहरू प्रयोग गरी तथा ट्रान्समिसन टावरहरूमा जडित अप्टिकल फाइबर भाडामा लिई टेलिफोन इन्टरनेट सेवा सञ्चालन गर्ने केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस को अर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेस नगरेको प्राधिकरणले आरोप लगाएको छ। 

असोज १५ भित्रै नवीकरण गर्न आउन अन्यथा सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ। 

images

यसअघि प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको भाडा बढाएको थियो। प्राधिकरणले भाडा बढाएपछि सेवाप्रदायकहरूले उक्त भाडा महँगो भएको भन्दै गुनासो गरेका थिए। 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०४:३१
  • सम्बन्धित विषय:

  • # इन्टरनेट
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend