बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

एआईले फेरिरहेको मौसम विज्ञानको भविष्य, अझ वास्तविक बन्दैछ पूर्वानुमान

images
मंगलबार, जेठ २० २०८२
images
images
एआईले फेरिरहेको मौसम विज्ञानको भविष्य, अझ वास्तविक बन्दैछ पूर्वानुमान

हिजोआज मौसम ‘आज पानी पर्छ या पर्दैन’ भन्ने प्रश्नमा मात्र सीमित छैन। जलवायु परिवर्तन, चरम मौसमी अवस्थाहरू, ऊर्जा संकट र खाद्य सुरक्षाजस्ता विश्वव्यापी मुद्दाहरूको केन्द्रमा मौसमको ज्ञान छ।

images
images

काठमाडौं- संसारभर तीव्र गतिमा विकास भइरहेको ‘एआई’ले मौसम पूर्वानुमानको क्षेत्रमा पनि व्यापक भिन्नता ल्याइरहेको छ। बेलायतको मौसम विभाग ‘मेट अफिस’देखि अमेरिकी स्टार्टप कम्पनीहरूसम्म एआईलाई मौसम विज्ञानको भविष्य मानेर कामहरू भइरहेका छन्। 

images
images
images

‘मेट अफिस’ले नै सन् १९६५ मा मौसम पूर्वानुमानमा पहिलोपटक कम्प्युटरको प्रयोग गरेर काम सुरु गरेको थियो। अहिले ६ दशकपछि मेटले नै अत्याधुनिक एआई प्रविधिको सहयोगमा बादल, वर्षा र तापक्रमका जटिल विषयहरूको पूर्वानुमानमा थप सफलता पाउँदै गइरहेको छ। 

images
images

एआईका कारण केही घण्टाभित्रको सटिक पूर्वानुमान ‘नाउकास्टिङ’ लाई परिष्कृत बनाइरहेको छ। जुन प्रविधि १५ दिनसम्मको पूर्वानुमानमात्र नभइ दुई महिनासम्मको मौसमी सहायक अवस्थाहरूबारे आँकलन गर्न सक्षम हुँदैछ। मौसमी घटनाहरूबारे वास्तविकताको नजिक पुगिने यकिन पूर्वानुमानहरू गर्नसक्दा त्यसबाट भइपरी आउने जोखिम कम गर्न मद्धत पुग्ने विश्वास गरिएको छ। 

images
images
images

मध्यम दुरीमा मौसम पूर्वानुमान गर्ने युरोपेली संस्था ‘ईसीएमडब्लूएफ’ ले हालै सार्वजनिक गरेको आफ्नो पहिलो एआई मोडल ‘आर्डभार्क’ ले पूर्वानुमानमा २० प्रतिशतसम्म सुधार गरेको दाबी गरेको छ। यो मोडल सामान्य कम्प्युटरमा पनि सञ्चालन गर्न सकिनेगरी डिजाइन गरिएको छ, जसले नेपालजस्ता विकासशील देशहरूमा मौसम पूर्वानुमानलाई बलियो बनाउने आशा गरिएको छ। 

एआई प्रविधिमा डिपमाइन्ड, माइक्रोसफ्ट, आईबिएम जस्ता प्रविधि कम्पनीहरूदेखि अमेरिका र बेलायतका मौसम विभागहरुले पनि लगानी बढाएका छन्। यसले कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र वित्तीय बजारमा हुने असरलाई कम गरी महत्वपूर्ण निर्णहरू लिन सहयोग गर्ने छ। 

मेट अफिसकी प्रमुख एआई अधिकृत क्रिस्टिन डेललाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, ‘हामी अहिले वास्तविक परिवर्तन सम्भव भएको अनुभव गरिरहेका छौँ, जुन पहिलोपटक कम्प्युटरको प्रयोग गर्दा पनि लागेको थियो। अहिले हामीसँग पर्याप्त डाटा छ, त्यसलाई ह्यान्डल गर्ने कम्प्युटिङ पावर छ र त्यसका प्रभावकारी मोडलहरू छन्।' 

एआई मोडलहरूबीचको भिन्नता मूल्याङ्कन गर्न, डाटाको सटिकता सुनिश्चित गर्न र जोखिमको सन्दर्भ बुझ्न मौसम विज्ञको भूमिका अझ बढ्ने विज्ञहरूले बताएका छन्। यसैले प्रविधि जति नै अगाडि बढे पनि मौसम विज्ञहरूको आवश्यकता हट्ने छैन। एआई मौसम विज्ञानको विकल्प नभइ सहयोगी बनाइएको छ।  

हिजोआज मौसम ‘आज पानी पर्छ या पर्दैन’ भन्ने प्रश्नमा मात्र सीमित छैन। जलवायु परिवर्तन, चरम मौसमी अवस्थाहरू, ऊर्जा संकट र खाद्य सुरक्षाजस्ता विश्वव्यापी मुद्दाहरूको केन्द्रमा मौसमको ज्ञान छ। 

विशेषतः ‘नाउकास्टिङ’ (छोटो समयको पूर्वानुमान) देखि ‘सब-सीजनल’ (महिनाभरको प्रवृत्ति) पूर्वानुमानसम्मको क्षेत्रमा एआईको प्रयोगले भविष्यमा निर्णय लिने प्रक्रियालाई आमूल परिवर्तन गर्ने संकेत देखिएको छ।

एआई प्रविधिको सफलता डाटामाथि निर्भर हुन्छ। मौसमसम्बन्धी आवश्यक डाटा विशेषगरी भूउपग्रह र रेडार डाटाहरू राज्यको नियन्त्रणमा छन् र यो नियन्त्रण विभिन्न राष्ट्रको नीति र भूराजनीतिक तनावको चपेटामा पनि पर्ने गरेको छ। यो चुनौतीसँगै धेरैले व्यापक नयाँ सम्भावना पनि देखिरहेका छन्। स्थानीय मौसम पूर्वानुमान कार्यालयहरू, वर्षामापकजस्ता स्रोतहरूबाट एआईमा डाटा समावेश गर्दा यसले अझ प्रभावकारी काम गर्ने जनाइएको छ। 

एलन ट्युरिङ इन्स्टिच्युटका स्कट होस्किङका अनुसार हाल २०/३० वटा एआई मौसम मोडेल विकासको विभिन्न चरणमा छन्। केही त पहिले नै सञ्चालनमा पनि छन्। 

पहिला मौसम पूर्वानुमान ‘संख्यात्मक मौसम पूर्वानुमान’मा आधारित थियो। जसमा संसारभरका उपग्रह, समुद्र, जमिन र हवाई स्रोतहरूबाट आउने सूचनालई ‘सुपर कम्प्युटर’मा डाटा समायोजन र पूर्वानुमानमा प्रयोग गरिन्थ्यो। एआईमा आधारित प्रारम्भिक मोडेलहरू पनि अझै डेटा समायोजनमा निर्भर छन् तर तिनीहरूले त्यसपछि ‘मेसिन लर्निङ’बाट भविष्यको अवस्था प्रक्षेपण गर्छन्।

अब त दोस्रो पुस्ताको ‘एन्ड-टु-एन्ड’ एआई प्रणालीहरू पनि विकसित हुँदै छन्, जुन डेटा समायोजनबिनै उपग्रह र अन्य स्रोतबाट प्रत्यक्ष रूपमा पूर्वानुमान गर्न सक्ने छन्। एआईको प्रयोगले विकाशोन्मुख देश र कम डाटा भएका क्षेत्रहरूमा पनि सस्तो र सुलभ मौसम पूर्वानुमान सम्भव बनाउने जनाइएको छ।


प्रकाशित : मंगलबार, जेठ २० २०८२०९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend