शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बैंकहरूकाे ब्याजदर वृद्धिले कस्ताे पर्ला सेयर बजारमा असर? लगानी हुने पैसा बैंकको मुद्दती खातामा जाने खतरा

images
शनिबार, माघ २९ २०७८
images
बैंकहरूकाे ब्याजदर वृद्धिले कस्ताे पर्ला सेयर बजारमा असर?  लगानी हुने पैसा बैंकको मुद्दती खातामा जाने खतरा
images
images

काठमाडौं- तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंक पुग्ने निश्चित भएपछि यसको असर सेयर बजारमा पर्ने देखिएको छ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत फागुनमा ब्याजदर बढाउने निर्णय गरेपछि सेयर बजारमा जाने पैसा मुद्दती खातामा जाने देखिएको हो।

images
images
images

सेयर बजारमा लगानीको भर नहुने तर बैंकको ब्याजमा पैसा आउने पक्का भएपछि सेयरमा लगानी गर्ने पैसा बैंकमा जाने देखिन्छ। जसका कारण सेयर बजारमा लगानी हुने पैसा सर्वसाधारणले मुद्दती खातामा पैसा राख्ने सम्भावना बढेको हो। नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले फागुनमा ब्याजदर बढाउने निर्णय गरेको थियो। 

images
images

बैंकहरूले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज लिन पाउनेछन्। त्यस्तै बचत खातामा न्यूनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याज दर तोक्न पाउनेछन्। तर बैंकहरूले तोकिएको सीमाभित्र रहेर ब्याजको दर आफूअनुकुल कायम गर्न पाउने भएका छ्न्। बैंकहरूले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने सक्ने छन्।

images
images

विकास बैंकले पनि ब्याज बढाउने निर्णय गरेका छन्। निर्णयअनुसार क्षेत्रीयस्तरका विकास बैंकहरूले ११.६५ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरूले ११.५५ प्रतिशत पुर्‍याउने निर्णय गरेका छन्। फाइनान्सहरूले मुद्दतिमा अधिकतम ११.७१ र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्। 

सेयर बजारमा ३२०० र दैनिक कारोबार २२ अर्बसम्म पुग्दा बैंकहरुमा तरलता अभाव पनि थिएन। बैंकहरुले ७ प्रतिशतमै ऋण लगानी गर्ने गरेका थिए भने बचतमा ५ प्रतिशत मात्रै ब्याज दिने गरेका थिए। अब सेयर धितोबाट पाइने ऋणको ब्याजदर पनि १४ प्रतिशतभन्दा माथि पग्न सक्दछ।

विश्लेषकहरुले सेयर बजारमा हुने आम्दानीभन्दा राम्रो बैकहरुले ब्याज नै दिनेभएपछि सेयर बजारमा जाने पैसा बैंकहरुको मुद्दती खातामा जाने अनुमान समेत गरेका छन्। 

माैद्रिक नीतिकाे समिक्षाकाे डरले घट्दैछ बजार

विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ। जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ। सातामा कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार बढ्न सकेन। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासमेत गर्न लागेको छ। 

बिहीबार ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा झरेको छ। बिहीबार कारोबार रकमसमेत घटेको थियाे। ६९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रूपैयाँको कारोबार भएको थियाे। 

यो साता समग्रमा बजार ७५.२५ अंकले घटेको छ। यो साता आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार थामिएर १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको थियो। तर पुन: मंगलबार बजार १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा पुगेको थियो। यस्तै बुधबार नेप्से २२.११ अंकले घटेर २८३१.४७ बिन्दुमा रोकिएको थियो। 

गएको साता कारोबारको अन्तिम दिन बिहीबार १४.५८ अंकले घटेर बजार २८७६.७५ बिन्दुमा झरेको थियो। तर गएको साता आइतबार एकै दिन  १०५.५५ अंकले बजार बढ्दा साताभरको अवस्थालाई थामेको थियो। जसले समग्रमा गएको साता ९५.७५ अंकले बजार बढेको थियो। त्यसअघिको साता भने बजार १५१.३२ अंकले घटेको थियो। 


प्रकाशित : शनिबार, माघ २९ २०७८०१:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend