आइतबार, जेठ १८ गते २०८२    
आइतबार, जेठ १८ २०८२
images
images

बाढीपहिराेबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री

images
शुक्रबार, जेठ १६ २०८२
images
images
बाढीपहिराेबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री

सामान्यभन्दा बढी पानी पर्ने अनुमान यस वर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन सरकार लागिरेहको उनको भनाइ थियो।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्।

images
images
images

प्रतिनिधिसभाअन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाले हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन्।

images
images

'कम्तिमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ', उनले भने। सामान्यभन्दा बढी पानी पर्ने अनुमान यस वर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन सरकार लागिरेहको उनको भनाइ थियो।

images
images
images

उनले मौसम पूर्वसूचना प्रणालीका बारेमा जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्नसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए। जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए। बजेटको बीचमा विधेयक ल्याउन सकिए ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो। रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend