शुक्रबार, चैत १६ गते २०८०    
images
images

विद्युतीय दुईपांग्रे सवारीको व्यापारमा ठूला व्यावसायिक घराना

images
images
विद्युतीय  दुईपांग्रे सवारीको व्यापारमा ठूला व्यावसायिक घराना

स्टार्ट अट बिजनेसमा लागेकाहरुले पनि विद्युतीय मोटरसाइकल तथा स्कुटर बिक्रीमा लगानीसहित भिन्न शैलीहरु ल्याइरहेका छन्।  

images
images

काठमाडौं- संसारभर आईसीई (डिजेल/पेट्रोलबाट चल्ने) इन्जिनयुक्त सवारीको विकल्प खोजीमात्र नभइ प्रयोगसमेत बढ्दै गएको छ। हालसम्म आईसी इन्जिनको विकल्पका रुपमा ब्याट्रीमा आधारित विद्युतीय सवारी दरो रूपमा खडा भएको छ। 

images
images
images

परम्परागत रुपमा सवारी उत्पादन गर्दै आएको टाइकुन सवारी उत्पादकदेखि स्टार्ट अपसम्मले विद्युतीय सवारी उत्पादनमा ध्यान केन्द्रित गरिरहेका छन्। स्टार्ट अप विद्युतीय सवारी उत्पादक कम्पनीहरुले ठूलै हलचल ल्याएका छन्। कार उत्पादनमा टेस्लाले विश्वभर ठूलो ह्वीम ल्यायो भने दुईपांग्रेमा भारतीय स्टार्ट अप ओला इलेक्ट्रिकले। 

images

नेपाली बजारमा पेट्रोलबाट चल्ने दुईपांग्रेको एसेम्बल हुने बाहेक सबै सवारीसाधन आयात हुँदै आएको छ। सरकार शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिने नीति लिएसँगै विद्युतीय सवारीमा लाग्दै आएको करमा सहुलियत दिँदै आएको छ। त्यसैको परिणम स्वरुप (युवराज खतिवडाले कर बढाएको वर्ष बाहेक) विद्युतीय सवारीको आयात बढ्दै गइरहेको छ। 

images
images

संख्यात्मक रुपमा विद्युतीय चारपांग्रे सवारी र ब्रान्ड कम आयात भएपनि त्यसको चर्चा बढी छ। तर ब्रान्डका आधारमा दुई दर्जनभन्दा बढी विद्युतीय स्कुटर तथा मोटरसाइकलको आयात भएपनि त्यसको बिक्री तथा चर्चा तुलनात्मक रुपमा कम छ। यसको मुख्य कारण मध्येको एक ठूला व्यवसायिक घरानाको दुईपांग्रे विद्युतीय सवारीमा प्रवेश नहुनु। 

तर अब भने यो अवस्थाको अन्त्य भएको छ। दुईपांग्रे विद्युतीय सवारीमा गिनेचुनेका व्यवसायिक घरानाहरुले विभिन्न ब्रान्ड भित्र्याएर व्यवसायमा प्रवेश गरिसकेका छन् र यो क्रम बढ्दो छ। व्यवसायिक घरानाले प्रत्यक्ष रुपमा आधिकारिक बिक्रेता बनेर नआउँदा पनि नेपाली बजारमा डढे दर्जनभन्दा बढी विद्युतीय स्कुटर तथा मोटरसाइकल भित्रिसकेका थिए। 

यद्यपी प्रोडक्टको उत्पादकत्व कम भएर हो वा आधिकारिक बिक्रेता प्रति कम विश्वास भएर हो वा बिक्रेताले आवश्यकता अनुसार ब्रान्ड/प्रोडक्ट प्रति विश्वास दिलाउन नसकेर हो, उपभोक्ताहरुले विद्युतीय स्कुटर तथा मोटरसाइकल किन्न जाने अवस्था बनेको थिएन। बिक्रेताहरु आफैं किन्ने मान्छे खोज्दै हिँड्नु पर्ने अवस्था थियो। 

सो कुरालाई व्यवसायिक घराना लक्ष्मी समूहले आत्मसात गरेर दुईपांग्रे विद्युतीय सवारी ल्यायो। लक्ष्मी समूहपछि औपचारिक रुपमा विद्युतीय स्कुटर ब्रान्ड ल्याउने मुरारका समूह हो। त्यसपछि पेट्रोलबाट चल्ने दुईपांग्रेको व्यापारबाट पछि हटेको आईएमई समूहसमेत विद्युतीय दुईपांग्रेको व्यापारमा प्रवेश गरेको हो। पछिल्लो पटक सिमेन्ट, कपडालगायत व्यवसायमा रहेको क्यालिबर समूहले पनि विद्युती दुईपांग्रे ब्रान्ड भित्र्याइसकेको छ। 

स्टार्ट अट बिजनेसमा लागेकाहरुले पनि विद्युतीय मोटरसाइकल तथा स्कुटर बिक्रीमा लगानीसहित भिन्न शैलीहरु ल्याइरहेका छन्।    

लक्ष्मी समूह (हिरो इलेक्टिक) 

यो अन्तर्गतको लक्ष्मी इमोबिलिटीले भारतीय कम्पनी हिरो इलेक्ट्रिकका विद्युतीय स्कुटर भित्र्याएको हो। कम्पनीले टेकूमा सोरुम स्थापना गरेर स्कुटरको औपचारिक बिक्री सुरु गरिसकेको छ।  

हिरो इलेक्ट्रिकका एनवाईएक्स, फोटोन र  सिंगल ब्याट्री र डबल ब्याट्रीको अप्टिमा गरि चार मोडलका विद्युतीय स्कुटर बिक्री हुँदै आएको छ। हिरोका विद्युतीय स्कुटर एक पटकको फुल चार्जमा ८२ देखि १ सय ६५ किलोमिटरसम्म कुदाउन सकिन्छ। 

लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार, लक्ष्मी प्रिमियले बीएमडब्लूका कार र लक्ष्मी कमर्सियलले एसएमएल इसुजुका ट्रक/बस तथा हेवी इक्युपमेन्ट बिक्री गर्दै आएको छ। त्यस्तै यो समूहले लुब्रिकेन्ट तथा टायरसमेत बिक्री गरिरहेको छ।

लक्ष्मी समूहले डेरीजन्य उत्पादन, डन्डी उत्पादनलगायत अन्य उतपादनमुलक उद्योगमा समेत लगानी गरेको छ। 

मुरारका समूह (नाइनबोट)

मुरारका समूहले अमेरिकी कम्पनी सेगवेको स्वामित्वमा रहेको चिनियाँ ब्रान्ड नाइनबोटको विद्युतीय स्कुटर ल्याएको हो। मुरारका समूहले ओलीज स्टोरका सञ्चालनसँग सहकार्य गरेर उक्त ब्रान्डको स्कुटर ल्याएको हो। 

नाइनबोट विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता मुरारका समूह र ओलिज् स्टोरको संयुक्त लगानीमा बनेको कम्पनी आई हव प्रालिले रहेको छ। मुरारका समूहले लगानी गरेपनि यसको व्यवस्थापनको काम भने ओलीज स्टोरका सञ्चालक लोकश ओलीले गर्नेछन्। 

कम्पनीले पहिलो चरणमा नाइनबोट ई १०० विद्युतीय स्कुटर ल्याएको हो। डुअल ब्याट्री भएको यो स्कुटरले २ सय किमिसम्म रेन्ज दिन्छ। त्यस्तै यो स्कुटरको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकेको छ।  

नाइनबोट कम्पनीको केन्द्रीय कार्यालय चीनको बेइजिङमा रहेको छ। २०१५ को अप्रिलमा नाइनबोटको अमेरिकी कम्पनी स्वामित्व सेगवे इंकले लिएको थियो। नाइनबोट कम्पनी २०१२ मा स्थापना भएको थियो। 

आईएमई समूह (राफ्ट मोटर्स) 

आईएमई समूह अन्तर्गतको आईएमई मोटर्सले समेत विद्युतीय स्कुटर तथा मोटरसाइकल बिक्री गर्ने भएको छ। कम्पनीले केही समय अघिसम्म पेट्रोलबाट चल्ने मोटरसाइकल बिक्री गर्दै आएकोमा अब भने विद्युतीय दुईपांग्रे बिक्री गर्ने भएको छ। 

कम्पनीले भारतको विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादक राफ्ट मोटर्स ब्रान्ड ल्याउँदै दुईपांग्रेको व्यापारमा फर्किएको हो। आईएमई मोेटर्सले भारतको मुम्बईमा रहेको राफ्ट मोटर्ससँग हालै आधिकारिक बिक्रेताका सम्बन्धमा सम्झौता गरेको हो। योसँगै कम्पनीले काठमाडौंमा राफ्टका स्कुटर राख्ने सोरुमको खोजी गरिरहेको छ। 

राफ्टका स्कुटर एकपटक फुल चार्ज गरेपछि ४ सय ८० किलोमिटरसम्म कुदाउन सक्ने दाबी कम्पनीले गरेको छ। राफ्ट मोटर्सले ९ मोडलका विद्युतीय स्कुटर र मोटरसाइकल सार्वजनिक गरिसकेको छ। राफ्ट मोटर्स २०१७ मार्चमा स्थापना भएको थियो। 

आईएमई समूह अन्तर्गतका कम्पनीले अशोक लेल्यान्डका कमर्सियल सवारी, इस्कर्टसका हेभी इक्युपमेन्टलगायत बिक्री गर्दै आएको छ। यसका साथै आईएमई समूह अन्य विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। 

क्यालिबर ग्रुप (मिकू) 

क्यालिबर ग्रुपले नयाँ विद्युतीय मोटरसाइकल तथा स्कुटर ल्याएको छ। चिनियाँ ब्रान्ड मिकूका मोटरसाइकल तथा स्कुटर नेपाल आएको हो। क्यालिबर ग्रुप अन्तर्गतको क्यालिबर अटो प्रालिले मिकू ब्रान्ड ल्याएको हो। 

यसअघि चिनियाँ ब्रान्ड डोहानका विद्युतीय स्कुटर र तीनपांग्रे सवारी आयात गरेर बिक्री गर्दै आएको छ। क्यालिबर अटोले नक्सालमा मिकू ब्रान्डका लागि सोरुम निर्माण गरिहेको छ। कम्पनीले सोरुम बनाइसकेर आगामी साता मिकू ब्रान्डका मोटरसाइकल तथा स्कुटरको औपचारिक रुपमा बिक्री सुरु गर्ने जनाएको छ।

मिकू ब्रान्डका विद्यतीय स्कुटर तथा मोटरसाइकलको उत्पादक कम्पनी सुनरा हो। यो चिनियाँ कम्पनीले विश्वका ७० भन्दा बढी देशमा मिकूका स्कुटर बिक्री गर्दै आएको छ। सुनराले मिकूका स्कुटर तथा मोटरसाइकल वर्षिक २० लाखभन्दा बढी उत्पान गर्ने क्षमता विकास गरेको छ। 

कम्पनीले सुरुमा मिकूका दुई वटा मोडल ल्याएकको छ। मिकूको नेपाल आएका मोडल, त्यसको विशेषता, मूल्यलगायत बारे आगामी साता औपचारिक सार्वजनिक गर्ने क्रममा बताइने कम्पनीले जनाएको छ। क्यालिबर ग्रुप अन्तर्गतका विभिन्न कम्पनीले सिमेन्टदेख कपडासम्मको व्यवसाय गर्दै आएको छ।

images

प्रकाशित : शनिबार, माघ २९ २०७८०३:३८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ