शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

कञ्चनपुरमा आठ आयोजनालाई बजेटमा प्राथमिकता

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १६ २०८२
images
images
कञ्चनपुरमा आठ आयोजनालाई बजेटमा प्राथमिकता

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडकखण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड विनियोजन गरिएको छ।

images
images

कञ्चनपुर- कञ्चनपुरमा सातवटा आयोजनाका लागि बजेट सुनिश्चित भइ कार्य अगाडि बढ्ने भएको छ। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सातवटा आयोजनालाई प्राथमिकतमा राखेर बजेट विनियोजन गरेका हुन्।

images
images
images

प्रस्तुत बजेटअनुसार निजी तथा पर्यटन बोर्डको सहकार्यमा दैजी-छेला औद्योगिक क्षेत्र निर्माणकार्य अगाडि बढाइने भएको छ। पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न शुक्लाफाँटा-खप्तड पदयात्रा सञ्चालन गरिने, दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यलाई अगाडि बढाइने, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव-झुलाघाट-तुसारपानी खण्डको स्तरोन्नति गरिने भएको छ।

images
images

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडकखण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड विनियोजन गरिएको छ। कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङलगायत थारू समुदायमा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने भएको छ।

images
images
images

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गरिने भएको छ। सडकखण्डको स्तरोन्नतिको कार्य अगामी आवदेखि सञ्चालन गरिने भएको छ। बजेटमा भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधान स्थायी रूपमा गरिने भएको छ।
 
आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराइने छ। यसका लागि स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिइने बजेट वक्तव्यमा भनिएको छ। कञ्चनपुरमा भूमि आयोगमा पदाधिकारीको पदपूर्ति गरी जग्गा नापजाँचको काम भइरहेको छ। दोधारा-बरेली ४०० केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाइने छ।

कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग दुई वर्षभित्रै निर्माण पूरा गरिसक्ने गरी बजेट विनियोजन गरिएको छ। बजेटबारे प्रतिक्रिया दिँदै पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट सन्तुलित रूपमा आएको बताए। 'बजेट नै एक्सन ओरेन्टेड छ', उनले भने, 'विगतमा नीतिगत रूपमा मात्र बजेट आउँथ्यो, काम अगाडि बढ्दैनथे, अहिलेको बजेट कार्यान्वयन हुनेमा विश्वस्त छु।'

दैजी-छेला औद्योगिक क्षेत्रको काम अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहुँदै उनले औद्योगिक क्षेत्रको काम ढिलो नगरी छिटो अगाडि बढ्नुपर्छ, बजेटमा सम्बोधन भएकाले काम अगाडि बढ्ने विश्वास रहेको बताए। 

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक तथा व्यवस्थापन संकायका पूर्वडिन डा भारती जोशीले बजेट ल्याएर मात्र नहुने भएकाले कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्ने बताए। पुरानै बजेटको निरन्तरताका रूपमा बजेट आएको उनले बताए। 'पुँजीगत खर्च बढी भए मात्र विकासले गति लिन्छ', उनले भने, रोजगारीका अवसर सृजना हुन्छन्, देश आर्थिक समृद्धितर्फ जान्छ।' रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend