शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

बजेटमाथि रामेश्वर खनालको टिप्पणी : सुधारोन्मुख कार्यक्रम, सन्तुलनकारी विनियोजन

images
बिहीबार , जेठ १५ २०८२
images
images
बजेटमाथि रामेश्वर खनालको टिप्पणी : सुधारोन्मुख कार्यक्रम, सन्तुलनकारी विनियोजन

संक्षिप्त कुराकानी गर्दै बजेट भाषणले केही मुख्य सन्देश दिएको उनले बताए। विनियोजनमा सन्तुलनकारी र कार्यक्रममा सुधारोन्मुख देखिएको उनले बताएका छन्।

images
images

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन्। अर्थमन्त्री पौडेलले ल्याएको बजेटको आकार, स्रोतको अनुमान र घोषित कार्यक्रममाथि पूर्वअर्थसचिव रामेश्वर खनालले सुरुवाति प्रतिक्रिया दिँदै सुधारोन्मुख र सन्तुलनकारी रहेको बताएका छन्। 

images
images
images

बिजनेस न्युजसँग संक्षिप्त कुराकानी गर्दै बजेट भाषणले केही मुख्य सन्देश दिएको उनले बताए। विनियोजनमा सन्तुलनकारी र कार्यक्रममा सुधारोन्मुख देखिएको उनले बताएका छन्। 

images
images

‘भाषण सरसर्ती सुन्दा यसलाई वितरणमुखी भन्न मिल्ने ठाउँ छैन, कार्यक्रमका हिसाबले थुप्रै सुधारोन्मुख छन्’ उनले भने। 

images
images
images

बजेटबाट घोषणा गरिएका कार्यक्रमहरू आर्थिक सुधार केन्द्रित रहेको उनले बताए। अर्थमन्त्री पौडेलले खनालकै नेतृत्वमा गठन भएको आर्थिक सुधार सुझाव आयोगले दिएका सयौँ सुझाव कार्यान्वयन गरिने घोषणा गरेका छन्।

समग्र सुझावलाई क्रमश: कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै बजेट भाषणबाट सरकारले आगामी वर्ष नै केही सुधारका कार्यक्रम ल्याएको छ। 

साना आयोजनालाई संघीय बजेट विनियोजन नगरिएको मन्त्री पौडेलले उल्लेख गरेका छन्। यदि यो साँच्चिकै विनियोजन नगरिएको भए लामो समयदेखिको समस्यामा सुधारको प्रयास सावित हुने र यसले निरन्तरता पाएमा ठूलो अर्थराख्ने उनको भनाइ छ। 

त्यस्तै बजेटबाट नीतिगत स्थिरताको सन्देश दिन खोजिएको उनको भनाइ छ। कतिपय क्षेत्रमा कर नीतिमा छिटोछिटो परिवर्तन हुने र त्यसका लागि व्यापक लविङ हुने गरेको छ। यस्तो समयमा पनि अर्थमन्त्रीले सयौँ क्षेत्र नचलाएको घोषणा गरेका छन्। यदि भाषणमा जस्तै आर्थिक विधेयकमा पनि व्यवस्था भए साँच्चिकै सन्देशमूलक रहेको उनको भनाइ छ। 

भन्सार मूल्यांकनमा रहेका सयौँ जटिल प्रक्रिया अहिले पनि विद्यमान रहेका छन्। सन्दर्भ मूल्य पुस्तिका, परिमाणमा आधारित भन्सार दर जस्ता जटिल प्रणाली रहेका छन्। यस्ता क्षेत्रमा सुधारको घोषणा गरिएको छ। 

मदिराको भन्सार मूल्यांकन अबदेखि मूल्यमा हुने तथा आयातमा कारोबार मूल्यमा आधारित मूल्यांकन गर्ने घोषणा गरिएको छ। यसलाई वैज्ञानिक प्रणालीको अंगिकार गर्न खोजेको सन्देश सरकारले दिएको उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend