शनिबार, असोज ५ गते २०८१    
images
images

सरकारले तोकेको मूल्य नमान्ने भन्दै निजी डेरीले १० रूपैयाँले बढाए दूधको मूल्य

किसानलाई २ रूपैयाँ बढी दिएर उपभोक्तासँग १० रूपैयाँ लिइँदै

images
शुक्रबार, माघ २८ २०७८
images
images
सरकारले तोकेको मूल्य नमान्ने भन्दै निजी डेरीले १० रूपैयाँले बढाए दूधको मूल्य

नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दूधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ। 

images
images

काठमाडौं- नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्।

images
images
images

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए। उनले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थान सँगसँगै जान नसक्ने र किसानलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए।

नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निणर्य गरेको अध्यक्ष सापकोटाले बताए।

images

‘दुग्ध विकास संस्थानले एकतर्फी ९ रुपैयाँ उपभोक्ता मूल्य बढाइदिँदा हामी धेरै उद्योगीहरु मर्माहत अवस्थामा पुगेका थियौँ । हामीले दुग्ध विकास संस्थान घाटा पर्दा राज्यसँग अनुदान आदि इत्यादी लिएर सर्वाइभ हुने, हामीले त हाम्रो प्राइमरी पुँजी,इन्भेष्ट गरेर सञ्चालन भएको इण्डस्ट्री चलाउन सकिएन भने हामीलाई कठिन हुन्छ। अब दुग्ध विकास संस्थानको पछि लाग्यो भने हुँदैन, हामी हाम्रो हिसावले अघि बढ्नुपर्छ । डिडिसीले आफैँ बसेर निर्णय गरेको ३०/६० को अवधारणालाई पनि टेकेन', अध्यक्ष सापकोटाले भने, '१० रुपैयाँ नभइ डेरी इण्डस्ट्री सर्वाइभ हुन सक्दैन भन्ने कुरालाई पनि टेक्न सकेन र आफू खुशीले मूल्य बढायो। हामी राष्ट्रिय दुग्ध विकास बोर्डले पहिला जे निर्णय गरेको थियो, १०/७ मा जसरी भनेको थियो, त्यसरी दुग्ध विकास संस्थानले नमानेपछि हामी हाम्रो ढंगले अघि जान्छौँ। हामीले व्यवहारमा हेर्दा पनि यो व्यवहारिकतामुखी छैन । ४२ रुपैयाँ ५० पैसा छ, तर प्याकेट किन्दा ४३ रुपैयाँ लिइन्छ।’

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताए। उनले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको बताए।

व्यवसायी केडियाले भने, ‘दुग्ध विकास संस्थानलाई एउटा अभिभावक मान्दा मान्दै पनि यो पटक जुन किसिमको निर्णय दुग्ध विकास संस्थानबाट हुन गयो। यो मेरो विचारमा दुग्ध क्षेत्रको लागि राम्रो होइन। ४२ रुपैयाँ ५० पैसा व्यवहारिक पनि नभएको व्यापारीलाई हामीले ४२ को ठाउँमा ४३ दिन्छौँ । त्यो पैसा किसानलाई दियो भने केही हदसम्म राम्रो हुन्छ।’

त्यस्तै अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णयले अव्यवहारिक भएको र यसकै कारण किसानहरु फस्टाउन नसकेको बताए। उनले अब निजी क्षेत्रले यसको नेतृत्व गरेर अघि बढ्ने र किसानहरुलाई उचित मूल्य दिने बताए।  

दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दूधको मूल्यमा ९ रुपैयाँ वृद्धि आज (शुक्रबार) बाट लागू हुने जनाएको थियो। तर नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दूधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend