काठमाडौं- कृषिजन्य वस्तुको आयातमा भन्सार बिन्दुमै संकलन हुने अग्रिम आयकर खारेज भएको छ। सरकारले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो।
भन्सार बिन्दुमै लाग्ने आयकरको विरोध हुँदै आएको थियो। आम्दानी नै नभइ अनुमानकै भरमा कर संकलन गर्नु सिद्धान्तविरोधि भएको भन्दै सरकारले बनाएको आर्थिक सुधार सुझाव आयोगले पनि सुझाव दिएको थियो।