काठमाडौं- बजेटमा घोषणा भएका आयोजना कार्यान्वयनका लागि पारित नहुँदै तयारी अघि बढाउन मिल्ने व्यवस्था मिलाइएको अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले घोषणा गरेका छन्।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले ल्याएका कार्यक्रम कार्यान्वयनका व्यवस्था बारेमा घोषणा गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन्।
तर, कार्यान्वयन भने बजेट पारित भएपछि मात्र गर्न पाइनेछ।
कार्यान्वयन क्षमता निकै कमजोर रहेको भन्दै यसलाई सुधार गर्न थुप्रै घोषणा गरिएको छ। त्यसमध्येमा यो पनि एउटा हो।