शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट रकमान्तर नगरिने

images
बिहीबार , जेठ १५ २०८२
images
images
राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट रकमान्तर नगरिने

पूर्वाधार आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नगरी भेरिएसन गरेर लागत बढाउने प्रवृत्ति रहेको छ। यो रोक्नका लागि सरकारले बजेटमार्फत कडाइ गर्न लागेको हो।

images
images

काठमाडौं- सरकारले राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट रकमान्तर नगर्ने भएको छ। 

images
images
images

संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेको हुन्।

images
images

खर्च गर्न नसकेपछि सरकारले राष्ट्रिय गौरवका आयोजनाको समेत बजेट रकमान्तर गर्ने गरेको थियो। 

images
images
images

त्यस्तै, सरकारले सबै तयारी नपुगेका र अतिरिक्त दायित्व सृजना गर्ने आयोजना प्रमुख वा सम्बन्धित व्यक्तिलाई नै जिम्मेवार बनाउने बताएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो।

पूर्वाधार आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नगरी भेरिएसन गरेर लागत बढाउने प्रवृत्ति रहेको छ। यो रोक्नका लागि सरकारले बजेटमार्फत कडाइ गर्न लागेको हो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend