काठमाडौं- सरकारले कर्मचारीका लागि महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्। यसअघि बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत दुई हजार रुपैयाँ पाउँदै आएका छन्।
कर्मचारीको तलब बढाउन सकिने अवस्था नभएकाले अहिले महँगी भत्ता बढाइएको अर्थमन्त्री पौडेलले उल्लेख गरे। स्रोत व्यवस्थापनमा अहिले कठिनाइ रहेको उनको भनाइ छ।