काठमाडौं- सरकारले पोखरा-मुग्लिन सडक विस्तारको कामका लागि ८ अर्ब ५२ करोड रूपैयाँ विनियोजन गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा-मुग्लिन सडक निर्माणको काम सम्पन्न गर्नका लागि उक्त रकम विनियोजन गरिएको जानकारी गराएका हुन्।
यस्तै, सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड रूपैयाँ बजेट छुट्याएको छ।
दुई वर्षभित्र राजमार्गको काम सम्पन्न गरिने अर्थमन्त्री पौडेलले बताए।