बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

हावाहुरीले हवाई सेवा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
images
हावाहुरीले हवाई सेवा अवरुद्ध
images
images

सिमकोट- हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ। हावाहुरी चल्दा शुक्रबार बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। 

images

केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ। घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकामा शुक्रबार हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो।

images
images

नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ। विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएका छन्। 

images
images
images

नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ। हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ। यात्रु सिमकोटमै अलपत्र परेका छन्। रासस  


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend