काठमाडौं- सरकारले ग्रीन हाइड्रोजन उत्पादनलाई प्राथमिकता दिने भएको छ। यसका लागि स्वदेशी तथा विदेशी निजी लगानीलाई ग्रीन हाइड्रोजनमा लगानी गर्न आकर्षित गरिने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
हाल काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन परियोजनामा काम गरिरहेको छ।
नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोग सम्भव भएको अध्ययनहरुले देखाएका छन्।