काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने घोषणा गरेको छ।
बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।
बुटिक विमानस्थलको कामका लागि उनले ४ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरेका छन्।