सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

फागुनदेखि बैंकको ब्याजदर बढ्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
images
फागुनदेखि बैंकको ब्याजदर बढ्ने 

संघले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर पुर्‍याउने निर्णय गर्दै आफ्ना सदस्यहरुलाई निर्देशन पनि दिइसकेको छ। 

images
images

काठमाडौं- वाणिज्य बैंकहरुले फागुनदेखि ब्याजदर बढाउने भएका छन्। 

images
images

बाणिज्य बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघले फागुनदेखि ब्याजदर बढाउने निर्णय गरेको हो। संघले बैठकले फागुनदेखि निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दु(करिब १० प्रतिशत)ले बढाउने निर्णय गरेको हो। 

images
images

हाल १०.०३ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको ब्याजदर फागुनदेखि ११.०३ प्रतिशत पुर्‍याउने बैंकरहरूले भद्र सहमति गरेका छन्। त्यस्तै संस्थागतका लागि १०.०३ प्रतिशत र बचतमा ५ प्रतिशत ब्याजदर पुर‍्‍याउने बैंकरहरुले निर्णय गरेका छन्। 

images
images
images

संघले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर पुर्‍याउने निर्णय गर्दै आफ्ना सदस्यहरुलाई निर्देशन पनि दिइसकेको छ। 

आयातमा कडाइ, उच्च ब्याजदरका कारण उपभोक्ता मूल्यवृद्धि आकाशिने, उद्योग व्यापारको लागत बढ्नसक्ने छ। यसको असर अर्थतन्त्रमा पनि पर्ने व्यवसायीहरुले बताउँदै आएका छन्। 

एक महिनामै १० प्रतिशतले ब्याजदरमा वृद्धि हुने प्रवृत्तिले अर्थतन्त्रलाई राम्रो नगर्ने व्यवसायीहरुको तर्क छ। यद्यपि पछिल्लो समय नियामक नेपाल राष्ट्र बैंक नै ब्याजदर बढाउने, घटाउने कार्यमा सक्रिय हुँदै आएको छ। 

 

 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८०९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend